मकालु एयर दुर्घटनाबाट बच्यो - २०६७ भाद्र ८, मंगलवार सुर्खेतबाट जुम्लाका लागि खाद्यान्न लिएर उडेको ९ एन ए जेजी नम्बरको मकालु
एयरको विमान आज बिहान दुर्घटनाबाट जोगिएको छ। बाँकी अंश
विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन - २०६७ भाद्र ८, मंगलवार आज विहान मकवानपुरको शिखरपुरमा भएको विमान दुर्घटनामा
परी मृत्यु भएका चौध जनाकै शव अहिले काठमाडौं ल्याईएको छ। फिस्टेल एयरको
हेलिकोप्टरबाट शव काठमाडौं ल्याइएको हो। बाँकी अंश
आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै - २०६७ भाद्र ८, मंगलवार श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दु संस्कृति अनुसार
जनैपूर्णिमा मनाइने चलन छ। यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको
सट्टा नयाँ जनै लगाउने गर्दछन् भने शुभफल एवम् आत्मरक्षाको लागि मन्त्रले
जपिएको रक्षासुत्र हातमा धारण गर्ने गर्छन्। बाँकी अंश
ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल - २०६७ भाद्र ८, मंगलवार राजाको प्रत्यक्ष शासनकालका उपाध्यक्ष डा.तुलसी गिरीको
अगुवाइमा पूर्व पञ्च एवं राजावादी सक्रिय हुने भएका छन्। राप्रपाका नेता
पद्मसुन्दर लावतीको जावलाखेलस्थित निवासमा भेला भएर उनीहरुले मुलुकमा
राजतन्त्र सक्रिय पार्ने योजना बनाएको स्रोतले बताएको छ। बाँकी अंश
बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध - २०६७ भाद्र ८, मंगलवार काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको ना दुई ख त्रिपन्न
एसट्ठी नम्बरको बस नवलपरासीको दुम्कीबासमा दुर्घटना हुँदा सोह्र जना घाइते
भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। बाँकी अंश
प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन - २०६७ भाद्र ७, सोमवार धरानका पत्रकार लीलानाथ घिमिरेमाथी कुटपिट गर्न निर्देशन दिने कोशी
अञ्चलका प्रहरी प्रमुख मिङमार लामा माथी कारवाहिको माग गर्दै झापाका
पत्रकारहरुले आज विरोध प्रदर्शन गरेका छन। बाँकी अंश
बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध - २०६७ भाद्र ७, सोमवार सोमबार बिहानदेखि परेको अबिरल वर्षासँगै आएको बादीले त्रिभुवन राजपथको
यातायात सेवा अवरुद्ध भएको छ । वर्षाका कारण बाघझोरामा बाढी आई त्रिभुवन
राजपथको यातायात सेवा अवरुद्ध भएको हो । बाँकी अंश
मोर्चा आज पनि तटस्थ - २०६७ भाद्र ७, सोमवार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सोमबार हुने प्रधानमन्त्री
निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । अपरान्ह बसेको मोर्चाको बैठकले कुनै
पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको सदभावना अध्यक्ष राजेन्द्र
महतोले जानकारी दिए । बाँकी अंश
प्रधानमन्त्री चुन्न आज पाँचौँ चरणको निर्वाचन - २०६७ भाद्र ७, सोमवार प्रधानमन्त्री चयनका लागि संसदमा आज अपराह्न पाँचौं पटक चुनाव हुँदैछ तर
यसअघि तटस्थ बसेका दलहरूको अडानमा कुनै परिवर्तन देखिएको छैन। आजको
चुनावमा परिणाम नआएमा अर्को निर्वाचनको तिथि भदौ १८ देखि २१ गतेको बीचमा
तोक्ने संभावना छ। बाँकी अंश
सोह्रौं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै - २०६७ श्रावण २४, सोमवार १६औं विश्वआदिवासी दिवसका अवसरमा दोलखाका आदिबासीले पनि बिभिन्न
कार्यक्रमको आयोजना गरी मनाए। नेपाल आदिवासी जनजाति महासंघ दोलखाको
आयोजनामा सदुरमुकाम चरिकोटस्थित सातदोबाटोबाट निस्केको र्यालीले चरिकोट
बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो। बाँकी अंश
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने प्रयास - २०६७ श्रावण २४, सोमवार नयाँ संविधान लेखनका क्रममा देखिएका विवादित विषयमा प्रमुख दलहरुबीच सहमति
जुटाउने प्रयास स्वरुप आज पनि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा
तीन दलका प्रमुख सचेतकहरुको अनौपचारिक बैठक बस्यो। बाँकी अंश
माओवादी बाहेक अन्य दललाई समर्थन गर्न एमाले तयार रहेको सूचना तथा संचारमन्त्री पोखरेलको स्पष्टोक्ती - २०६७ श्रावण २४, सोमवार सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले एकीकृत माओवादी बाहेकका अन्य दललाई
समर्थन गर्न एमाले तयार रहेको बताउनुभएको छ। राजधानीमा आज आयोजित
साक्षात्कारमा सञ्चारमन्त्री पोखरेलले लडाकू र हतियार छाडेर अगाडि नबढेसम्म
माओवादीलाई समर्थन जनाउन नसकिने बताउनुभयो। बाँकी अंश
एकीकृत माओवादी लोकतान्त्रिक व्यवस्थाविरुद्ध रहेको कांग्रेस सभापति कोइरालाको आरोप - २०६७ श्रावण २४, सोमवार नेपाली काँग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले हतियार र सेना सहितको
माओवादी लोकतान्त्रिक व्यवस्था विरुद्ध रहेको आरोप लगाउनुभएको छ। बाँकी अंश
चौथो पटकको निर्वाचनले समेत निकास दिन नसकेकोमा प्रधानमन्त्री नेपालद्वारा चिन्ता व्यक्त - २०६७ श्रावण २४, सोमवार प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री चयनको नयाँ
विकल्प खोज्न दलहरुलाई आग्रह गर्नुभएको छ। चौथो पटकको निर्वाचनमा समेत
व्यवस्थापिका संसदले प्रधानमन्त्री चयन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै
प्रधानमन्त्री नेपालले पाँचौं चरणको निर्वाचन अगावै नयाँ विकल्प खोज्नु
पर्ने बताउनु भएको हो। बाँकी अंश
युनिटी लिडर पाठक पक्राउ - २०६७ श्रावण २३, आइतवार युनिटी लिडर कृष्ण पाठकलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले पक्राउ गरेको
छ। युनिटीको गैरकानुनी नेटवर्किङ व्यवसायमा लागेर सर्वसाधारणलाई ठगी गरेको
आरोपमा प्रहरीको खोजी सूचिमा रहेका पाठकलाई शनिवार राती बाग्लुङको एक
होटलबाट प्रहरीले पक्राउ गरेको हो। बाँकी अंश
१ करोड ५० लाखको खैरो हेरोइनसहित माओवादीका जिल्ला नेता पक्राउ - २०६७ श्रावण २३, आइतवार प्रहरीले रक्सौलबाट काठमाडौं ल्याउँदै गरेको करिब १ करोड ५० लाख मूल्य
बराबरको खैरो हेरोइनसहित माओवादीका जिल्ला नेतालाई पक्राउ गरेको छ। करिब एक
किलोग्राम उक्त हेरोइन मोटरसाइकलमा लिएर आउँदै गर्दा प्रहरीले बारा
माओवादीका जिल्ला सदस्य राधेश्यामप्रसाद साहलाई पक्राउ गरेको हो। बाँकी अंश
कामचलाउ सरकारका मन्त्रीले नक्कली भ्रमणको कागजात पेश गरे - २०६७ श्रावण २३, आइतवार कामचलाउ सरकारका एक मन्त्रीले भ्रमणको नक्कली कागजात पेश गरेको फेला परेको
छ। भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीले प्रधानमन्त्रीको
तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको कागजात नक्कली भेटिएको हो। बाँकी अंश
राजनीतिक अस्थिरता र असुरक्षाप्रति उद्योग व्यवसायीद्वारा चिन्ता व्यक्त, दलका नेताहरुप्रति कडा आक्रोश - २०६७ श्रावण २३, आइतवार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज
वैद्यले सरकारको मुख नताकी स्थानीय स्तरका सम्भावनालाई स्थानीय तहबाटै
अगाडि बढाउनु पर्ने बताउनु भएको छ। नेपालगंज उद्योग वाणिज्य संघको १८ औं
साधारण सभाको शनिबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष वैद्यले सरकार र
उद्योग वाणिज्य महासंघले काठमाडौ केन्द्रित प्रबृत्तिलाई तोड्नु पर्ने
बताउनुभयो। बाँकी अंश
मुलुकलाई अनिर्णयको अवस्थामा राख्न नहुनेमा काँग्रेस र एमाले सहमत, पुनः अर्का बैठक बस्ने निर्णय - २०६७ श्रावण २३, आइतवार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच प्रधानमन्त्री
निर्वाचनमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ। सिंहदबारस्थित
नेकपा एमालेको संसदीय दलको कार्यालयमा भएको छलफलमा मुलुकलाई अनिर्णयको
अवस्थामा राख्न नहुनेमा दुवै दल सहमत भएका छन्। बाँकी अंश
चितवनमा यति एयरलायन्सको एन ९५ एएचवाई बिमानको परीक्षण उडान - २०६७ श्रावण २३, आइतवार यति एयरलायन्सले शुक्रवार चितवनमा ठूलो जहाजको परीक्षण
उडान भरेको छ। काठमाण्डौवाट भरतपुर बिमानस्थलमा गरिएको एन ९५ एएचवाई को
बिमान परीक्षण उडानमा पूर्ण सफलता पाएको यती एयरले जनाएको छ। बाँकी अंश
आवश्यक परे अमेरिका र दक्षिण कोरिया विरुद्ध परमाणु हतियारको प्रयोग गर्नेे उत्तर कोरियाको चेतावनी - २०६७ श्रावण ८, शनिवार
उत्तर कोरियाले आवश्यक परे अमेरिका र दक्षिण
कोरियाविरुद्ध परमाणु हतियारको प्रयोग गर्ने चेतावनी दिएको छ। उत्तर
कोरियाले परमाणु हतियारको प्रयोग हाल अमेरिका र दक्षिण कोरियाविच भैरहेको
संयुक्त शैन्य अभ्यासको जवाफमा हुने समेत बताएको छ। बाँकी अंश
तीन महिनाको प्रयासपछि मेक्सिको खाडीमा भएको पेट्रोलियम पदार्थको चुहावट रोकियो - २०६७ श्रावण १, शनिवार
तीन महिनाभन्दा बढी समयदेखि मेक्सिकोको खाडीमा पेट्रोलियम पदार्थको चुहावट
रोक्न सफल भएको दाबी बेलायती उर्जा उत्पादक कम्पनी विपीले गरेको छ। अमेरिकी
विशेषज्ञहरुले पनि वीपीको पछिल्लो प्रयास सकारात्मक रहेको र नयाँ
प्रविधिको प्रयोगपछि चुहावट नभएको जानकारी दिएका छन्। बाँकी अंश
विश्वकप फुटबल प्रतियोगिताबाट विश्वमै चर्चा कमाउन सफल जमर्नीको अक्टोपस पाउलको अप्रत्यासित रुपमा सन्यास घोषणा - २०६७ आषाढ २९, मंगलवार
विश्वकप फुटबल प्रतियोगिताबाट विश्वमै चर्चा कमाउन सफल जमर्नीको अक्टोपस
पाउलले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेको सार्वजनिक भएको छ। जर्मन
एक्युरियमका प्रवक्ताले अक्टोपसले पाउलले सन्यास लिएको र अब भविष्यवाणी
नगर्ने बताए। बाँकी अंश
जापानको माथिल्लो सदनका लागि आज निर्वाचन हुँदै, सर्वेक्षणमा सत्तारुढ दल पछाडि - २०६७ आषाढ २७, आइतवार
जापानमा त्यहाँको उपल्लो सदनका सदस्य चयनका लागि मतदान जारी रहेको छ। गत
दश महिना देखि सत्तामा रहेको सत्तारुढ दल डेमोक्रयाटिक पार्टी अफ जापान
अर्थात डिजेपीलाई चुनावमा धक्का लाग्ने पूर्वानुमान गरिएको छ। बाँकी अंश
जासूसीको आरोपमा पक्राउ परेका एक अर्काका नागरिकलाई अमेरिका र रुसद्वारा आ–आफ्नो मुलुक फिर्ता पठाइयो - २०६७ आषाढ २६, शनिवार
अष्ट्रियाको राजधानी भियनाको विमानस्थलबाट अमेरिका र
रुसका जासूसलाई नाटकीय रुपमा विमानमा राखेर राखेर आ आफ्नै मुलुकतर्फ
पठाइएपछि अमेरिका र रुसबीचको जासूस प्रकरण अन्त्य भएको छ। वाशिंगटन र
मस्कोबीच आ आफ्नो मुलुकमा बन्दी अवस्थामा रहेका दुवै देशका जासूसलाई बन्दी
गृहबाट मु््क्त गरी स्वदेश पठाउने सहमति बनेपछि जासूस प्रकरण अन्त्य भएको
हो। बाँकी अंश
पाकिस्तानको मोहमन्दमा आत्मघाती बम विष्फोट, कम्तिमा ४५ जनाको मृत्यु, दर्जनौ घाइते - २०६७ आषाढ २५, शुक्रवार
अफगानिस्तानको सीमामा पर्ने पाकिस्तानी जातीय इलाकामा
गराइएको आत्मघाती बम विष्फोटनमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। मोहमन्द
इलाकाको याकाघुण्ड गाउँमा गराइएको सो विष्फोटनमा नब्बे जना भन्दा वढी
घाइते भएको समाचारमा जनाइएको छ। बाँकी अंश
माओवादीले गरेको भारत बन्दको क्रममा भएको हिंसात्मक घटनामा सात जनाको मृत्यु - २०६७ आषाढ २४, विहीवार
भारत मा सशस्त्र संघर्षरत माओवादीले गरेको दुई दिने भारत बन्दका क्रममा
भएको हिंसात्मक घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। बाँकी अंश
तालिबानी लडाकुहरुद्वारा अफगानिस्तानको जलालावादस्थित नेटो सेनाको हवाइ अखडामा आक्रमण - २०६७ आषाढ १६, बुधवार
अफगानिस्तानको जलालावादस्थित नेटो सेनाको हवाइ अखडामा तालिबानी लडाकुहरुले
आक्रमण गरेका छन्। अफगानिस्तानमा ब्याप्त भ्रष्टाचारको विषयमा कुरा गर्न
अमेरिकी महान्याधिबक्ता एरिक होल्डर त्यहाँ काबुल पुगे लगत्तै सो आक्रमण
भएको छ। बाँकी अंश
आर्थिक विकासका साथै राष्ट्रिय बजेट घाटा कटौति गर्ने घोषाणाका साथ क्यानाडामा जारी जि ट्वान्टीको सम्मेलन सम्पन्न - २०६७ आषाढ १४, सोमवार
क्यानाडामा भएको विश्वका बीस औद्योगिक राष्ट्रहरुको
समूह– जी ट्वान्टीको सम्मेलन आर्थिक विकासको गतिलाई कम नगरी राष्ट्रिय
बजेट घाटा कटौति गर्ने घोषाणाका साथ सम्पन्न भएको छ। बाँकी अंश
रुसी राष्ट्रपति मेदभेदभ पहिलो पटक अमेरिका भ्रमणमा - २०६७ आषाढ ११, शुक्रवार
अमेरिकी राष्ट्रपति बराक ओवामा र रुसका राष्ट्रपति दिमेत्री मेदभेदभबीच
वासिन्टनमा भेट भएको छ। सो भेट दुई राष्ट्रबीच सम्बन्ध सुधार तर्फ
केन्द्रीत रहेको बताइएको छ। बाँकी अंश
रेलगार्ग पार गर्ने क्रममा स्पेनमा रेलको ठक्करबाट बाह्र जनाको मृत्यु - २०६७ आषाढ १०, विहीवार
स्पेनमा तीब्र गतिमा आएको रेलले स्टेशनको रेलमार्ग पार गर्दै गरेका एक
समूहलाई ठक्कर दिँदा कम्तीमा बाह्र जनाको मृत्यु भएको छ। रेल बार्सिलोना
नजिकैको कास्टडेफेल प्लाया स्टेशन हुँदै गइरहेको समयमा सो दुर्घटना हुन
पुगेको अधिकारीहरुले जनाएका छन्। बाँकी अंश
नेटो सेनाका बरिष्ठ कमाण्डर म्याकक्रिष्टलको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति ओबामा आक्रोशित, पदबाट हटाउन सक्ने चेतावनी - २०६७ आषाढ ९, बुधवार
अफ्गानिस्तानका लागि अमेरिकी एवं उत्तर एट्लाण्टिक सन्धि संगठन नेटो
सेनाका बरिष्ठ कमा48डर जनरल स्टान्ली म्याकक्रिस्टलको बयानलाई लिएर
अमेरिकी राष्ट्रपति बाराक ओबामा आक्रोशित बन्नुभएको छ। बाँकी अंश
भीषण वर्षापछि आएको बाढीका कारण चीनमा नब्बे जनाको मृत्यु - २०६७ आषाढ ६, आइतवार
दक्षिणी चीनमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा
९० जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी हराइरहेका छन्। बाँकी अंश
पाकिस्तानको उत्तरी बजिरिस्तानमा अमेरिकी मानवरहित विमानको आक्रमण, कम्तीमा तेह्र जनाको मृत्यु - २०६७ आषाढ ५, शनिवार
अमेरिकी मानव रहित विमानले पाकिस्तानको उत्तरी वजिरिस्तानस्थित मिरअली
क्षेत्रमा गरेको मिसाइल आक्रमणमा कम्तीमा तेह्र जनाको मृत्यु भएको छ।
आक्रमणमा कैयौं घाइते भएको बताइएको छ। बाँकी अंश
चीन तथा बंगलादेशमा भीषण वर्षापछि आएको बाढीमा परी दर्जनौको मृत्यु, सयौंको अवस्था अज्ञात - २०६७ आषाढ २, बुधवार
चीनमा बंगलादेशमा वर्षा पछि आएको बाढीमा परी दर्जनौ मारिएका छन्। पूर्वी
चीनमा भिषण वर्षा पछि आएको बाढि पहिरोमा परी कम्तिमा चालीस जनाको मृत्यु
भएको र पहिरोमा परि दर्जनौ मानिस हराइरहेको चिनीयाँ सिन्ह्वा समचार
समितिले जनाएको छ। बाँकी अंश
ओस शहरमा प्रदर्शनकारीलाई देख्ने वित्तिकै गोली हान्न किर्गिस्तान सरकारद्वारा सुरक्षा अंगलाई निर्देशन - २०६७ ज्येष्ठ ३०, आइतवार
किर्गिस्तानको अन्तरिम सरकारले सुरक्षाकर्मीहरुलाई
देशको दोस्रो ठूलो शहर ओसमा प्रदर्शनकारीहरुलाई देख्ने वित्तिकै गोली
हान्ने आदेश दिएको छ। बाँकी अंश
मेक्सिकोको एक पुर्नस्थापना केन्द्रमा हतियारधारी समुहको आक्रमण कम्तिमा १९ जनाको मृत्यु - २०६७ ज्येष्ठ २९, शनिवार
मेक्सिकोको चिहूआहूआ शहरको एक पुर्नस्थापना केन्द्रमा हतियारधारी समुहले
आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
छन्। प्रहरीले लागु औषधका दुर्व्यसनीलाइ उपचार गरिदै आएको पुर्नस्थापना
केन्द्रमा कम्तिमा २० जना हतियार बोकेका मानिसहरु प्रवेश गरी आक्रमण गरेको
जनाएको छ। बाँकी अंश
बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले पुर्वसूचना विनानै अफगानिस्तानको भ्रमण - २०६७ ज्येष्ठ २९, शनिवार
बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले पुर्वसूचना विनानै अफगानिस्तानको भ्रमण गरेका छन् । भ्रमणका
क्रममा क्यामरनले अफगान राष्टरपति हमिद कारजाईसंग भेट गर्नुका साथै
अफगानिस्तान युद्ध राष्टिरय सुरक्षाका लागि अपरिहार्य रहेको जनाएका छन् ।
बाँकी अंश
किर्गिस्तानमा अपदस्त राष्ट्रपति बाकियभका समर्थक र अन्तरिम सरकारका समर्थकबीच हिंसा भड्किएपछि संकटकालको घोषणा - २०६७ ज्येष्ठ २८, शुक्रवार
किर्गिस्तानमा हिंसा भड्केपछि संकटकालको घोषणा गरिएको छ।
अपदस्थ राष्ट्रपनि कुर्मानवेक बाकियेभ र वर्तमान अन्तरिम सरकारका
समर्थकहरुहविच किर्गस्तानको दक्षिणी शहरहरुमा भिडन्त हुदै आएको छ।
भिडन्तका कारण दर्जनौ मानिसको मृत्यु भैसकेको छ। बाँकी अंश
अफगानिस्तानको कान्दाहरमा विवाह समारोहमा विष्फोट, उनान्चालिस जनाको मृत्यु - २०६७ ज्येष्ठ २७, विहीवार
अफ्गानिस्तानको दक्षिणी प्रान्त कान्धाहारमा भएको विष्फोटमा कम्तिमा ३९
जना मारिएका छन भने ७० जना भन्दा बढी घाइते भएका छन्। बाँकी अंश