ABC Samachar नेपाली English मिति: २०६७ भाद्र २२, मंगलवार
गृहपृष्ठ समाचार खेलकुद मनोरन्जन साहित्य अन्तर्वार्ता फोटोहरु भिडियोहरु सम्पर्क विज्ञापन समाचार पठाउनुहोस्
मकालु एयर दुर्घटनाबाट बच्यो   विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन   आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै   ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल   बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध  अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु   प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन  बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध  मोर्चा आज पनि तटस्थ  दाहाल पाँचौ पटक पराजित  
समाचार
जापानको माथिल्लो सदनका लागि आज निर्वाचन हुँदै, सर्वेक्षणमा सत्तारुढ दल पछाडि
ए बि सि समाचार डट् कम् सम्वाददाता   (२०६७ आषाढ २७, आइतवार) text size increase   text size decrease   Print    rss

जापानमा त्यहाँको उपल्लो सदनका सदस्य चयनका लागि मतदान जारी रहेको छ। गत दश महिना देखि सत्तामा रहेको सत्तारुढ दल डेमोक्रयाटिक पार्टी अफ जापान अर्थात डिजेपीलाई चुनावमा धक्का लाग्ने पूर्वानुमान गरिएको छ।

यो निर्वाचनलाई भर्खरै सत्तामा आएका प्रधानमन्त्री नाओतो कानको परिक्षणका रुपमा पनि हेरिएको छ। आजको मतदानमा उपल्लो सत्तारुढ दलले सदनका लागि प्रतिनिधीत्व गर्ने पचास प्रतिशत सांसदले पद गुमाउने अनुमान गरिएको जानकारी अर्न्तराष्ट्रिय संचार माध्यमहरुले दिएका छन्। उपल्लो सदनमा अल्पमतमा परेमा  डिजेपी सरकारलाइ विधेयक पारित गर्न समेत समस्या हुने भएकाले संसदमा गतिरोध पैदा हुन सक्ने विश्लेषकहरु बताउँछन्।

 नयाँ चुनावपछि डिजेपीलाई नयाँ सत्ता साझेदारको खोजी गर्नु पर्ने समेत केहीको अनुमान छ। गत डिसेम्बरमा भएको आमनिर्वाचनमा दशकौ देखि सत्तामा रहदै आएको लिबरल डेमोक्रयाटिक दललाइ पराजित गर्दै डिजेपी भारी मतका साथ सत्तामा आएको थियो। तर सो चुनाव पछि सरकारको नेतृत्व गरेका युकुयो हातोयामाले चुनावी प्रतिबद्धता पुरा गर्न नसकेको भन्दै पदबाट राजिनामा दिनु भएको थियो।

Rating: 0.0/5 (0 votes cast)

 प्रतिक्रिया दिनुहोस्       साथीलाई भन्नुहोस्
थप समाचार
आवश्यक परे अमेरिका र दक्षिण कोरिया विरुद्ध परमाणु हतियारको प्रयोग गर्नेे उत्तर कोरियाको चेतावनी - २०६७ श्रावण ८, शनिवार
उत्तर कोरियाले आवश्यक परे अमेरिका र दक्षिण कोरियाविरुद्ध परमाणु हतियारको प्रयोग गर्ने चेतावनी दिएको छ। उत्तर कोरियाले परमाणु हतियारको प्रयोग हाल अमेरिका र दक्षिण कोरियाविच भैरहेको संयुक्त शैन्य अभ्यासको जवाफमा हुने समेत बताएको छ। बाँकी अंश
तीन महिनाको प्रयासपछि मेक्सिको खाडीमा भएको पेट्रोलियम पदार्थको चुहावट रोकियो - २०६७ श्रावण १, शनिवार
तीन महिनाभन्दा बढी समयदेखि मेक्सिकोको खाडीमा पेट्रोलियम पदार्थको चुहावट रोक्न सफल भएको दाबी बेलायती उर्जा उत्पादक कम्पनी विपीले गरेको छ। अमेरिकी विशेषज्ञहरुले पनि वीपीको पछिल्लो प्रयास सकारात्मक रहेको र नयाँ प्रविधिको प्रयोगपछि चुहावट नभएको जानकारी दिएका छन्। बाँकी अंश
विश्वकप फुटबल प्रतियोगिताबाट विश्वमै चर्चा कमाउन सफल जमर्नीको अक्टोपस पाउलको अप्रत्यासित रुपमा सन्यास घोषणा - २०६७ आषाढ २९, मंगलवार
विश्वकप फुटबल प्रतियोगिताबाट विश्वमै चर्चा कमाउन सफल जमर्नीको अक्टोपस पाउलले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेको सार्वजनिक भएको छ। जर्मन एक्युरियमका प्रवक्ताले अक्टोपसले पाउलले सन्यास लिएको र अब भविष्यवाणी नगर्ने बताए। बाँकी अंश
जासूसीको आरोपमा पक्राउ परेका एक अर्काका नागरिकलाई अमेरिका र रुसद्वारा आ–आफ्नो मुलुक फिर्ता पठाइयो - २०६७ आषाढ २६, शनिवार
अष्ट्रियाको राजधानी भियनाको विमानस्थलबाट अमेरिका र रुसका जासूसलाई नाटकीय रुपमा  विमानमा राखेर राखेर आ आफ्नै मुलुकतर्फ पठाइएपछि अमेरिका र रुसबीचको जासूस प्रकरण अन्त्य भएको छ। वाशिंगटन र मस्कोबीच आ आफ्नो मुलुकमा बन्दी अवस्थामा रहेका दुवै देशका जासूसलाई बन्दी गृहबाट मु््क्त गरी  स्वदेश पठाउने सहमति बनेपछि जासूस प्रकरण अन्त्य भएको हो। बाँकी अंश
पाकिस्तानको मोहमन्दमा आत्मघाती बम विष्फोट, कम्तिमा ४५ जनाको मृत्यु, दर्जनौ घाइते - २०६७ आषाढ २५, शुक्रवार
अफगानिस्तानको सीमामा पर्ने पाकिस्तानी जातीय इलाकामा गराइएको आत्मघाती बम विष्फोटनमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। मोहमन्द इलाकाको याकाघुण्ड गाउँमा गराइएको सो विष्फोटनमा नब्बे जना भन्दा वढी घाइते भएको समाचारमा जनाइएको छ। बाँकी अंश
माओवादीले गरेको भारत बन्दको क्रममा भएको हिंसात्मक घटनामा सात जनाको मृत्यु - २०६७ आषाढ २४, विहीवार
भारत मा सशस्त्र संघर्षरत माओवादीले गरेको दुई दिने भारत बन्दका क्रममा भएको हिंसात्मक घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। बाँकी अंश
तालिबानी लडाकुहरुद्वारा अफगानिस्तानको जलालावादस्थित नेटो सेनाको हवाइ अखडामा आक्रमण - २०६७ आषाढ १६, बुधवार
अफगानिस्तानको जलालावादस्थित नेटो सेनाको हवाइ अखडामा तालिबानी लडाकुहरुले आक्रमण गरेका छन्। अफगानिस्तानमा ब्याप्त भ्रष्टाचारको विषयमा कुरा गर्न अमेरिकी महान्याधिबक्ता एरिक होल्डर त्यहाँ काबुल पुगे लगत्तै सो आक्रमण भएको  छ। बाँकी अंश
आर्थिक विकासका साथै राष्ट्रिय बजेट घाटा कटौति गर्ने घोषाणाका साथ क्यानाडामा जारी जि ट्वान्टीको सम्मेलन सम्पन्न - २०६७ आषाढ १४, सोमवार
क्यानाडामा भएको विश्वका बीस औद्योगिक राष्ट्रहरुको समूह– जी ट्वान्टीको सम्मेलन आर्थिक विकासको गतिलाई कम नगरी राष्ट्रिय बजेट घाटा कटौति गर्ने घोषाणाका साथ सम्पन्न भएको छ। बाँकी अंश
रुसी राष्ट्रपति मेदभेदभ पहिलो पटक अमेरिका भ्रमणमा - २०६७ आषाढ ११, शुक्रवार
अमेरिकी राष्ट्रपति बराक ओवामा र रुसका राष्ट्रपति दिमेत्री मेदभेदभबीच वासिन्टनमा भेट भएको छ। सो भेट दुई राष्ट्रबीच सम्बन्ध सुधार तर्फ केन्द्रीत रहेको बताइएको छ। बाँकी अंश
रेलगार्ग पार गर्ने क्रममा स्पेनमा रेलको ठक्करबाट बाह्र जनाको मृत्यु - २०६७ आषाढ १०, विहीवार
स्पेनमा तीब्र गतिमा आएको रेलले स्टेशनको रेलमार्ग पार गर्दै गरेका एक समूहलाई ठक्कर दिँदा कम्तीमा बाह्र जनाको मृत्यु भएको छ। रेल बार्सिलोना नजिकैको कास्टडेफेल प्लाया स्टेशन हुँदै गइरहेको समयमा सो दुर्घटना हुन पुगेको अधिकारीहरुले जनाएका छन्। बाँकी अंश
नेटो सेनाका बरिष्ठ कमाण्डर म्याकक्रिष्टलको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति ओबामा आक्रोशित, पदबाट हटाउन सक्ने चेतावनी - २०६७ आषाढ ९, बुधवार
अफ्गानिस्तानका लागि अमेरिकी एवं उत्तर एट्लाण्टिक सन्धि संगठन नेटो सेनाका बरिष्ठ कमा48डर जनरल स्टान्ली म्याकक्रिस्टलको बयानलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामा आक्रोशित बन्नुभएको छ। बाँकी अंश
भीषण वर्षापछि आएको बाढीका कारण चीनमा नब्बे जनाको मृत्यु - २०६७ आषाढ ६, आइतवार
दक्षिणी चीनमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा ९० जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी हराइरहेका छन्। बाँकी अंश
पाकिस्तानको उत्तरी बजिरिस्तानमा अमेरिकी मानवरहित विमानको आक्रमण, कम्तीमा तेह्र जनाको मृत्यु - २०६७ आषाढ ५, शनिवार
अमेरिकी मानव रहित विमानले पाकिस्तानको उत्तरी वजिरिस्तानस्थित मिरअली क्षेत्रमा गरेको मिसाइल आक्रमणमा कम्तीमा तेह्र जनाको मृत्यु भएको छ। आक्रमणमा कैयौं घाइते भएको बताइएको छ। बाँकी अंश
चीन तथा बंगलादेशमा भीषण वर्षापछि आएको बाढीमा परी दर्जनौको मृत्यु, सयौंको अवस्था अज्ञात - २०६७ आषाढ २, बुधवार
चीनमा बंगलादेशमा वर्षा पछि आएको बाढीमा परी दर्जनौ मारिएका छन्। पूर्वी चीनमा भिषण वर्षा पछि आएको बाढि पहिरोमा परी कम्तिमा चालीस जनाको मृत्यु भएको र पहिरोमा परि दर्जनौ मानिस हराइरहेको चिनीयाँ सिन्ह्वा समचार समितिले जनाएको छ। बाँकी अंश
ओस शहरमा प्रदर्शनकारीलाई देख्ने वित्तिकै गोली हान्न किर्गिस्तान सरकारद्वारा सुरक्षा अंगलाई निर्देशन - २०६७ ज्येष्ठ ३०, आइतवार
किर्गिस्तानको अन्तरिम सरकारले सुरक्षाकर्मीहरुलाई देशको दोस्रो ठूलो शहर ओसमा प्रदर्शनकारीहरुलाई देख्ने वित्तिकै गोली हान्ने आदेश दिएको छ। बाँकी अंश
मेक्सिकोको एक पुर्नस्थापना केन्द्रमा हतियारधारी समुहको आक्रमण कम्तिमा १९ जनाको मृत्यु - २०६७ ज्येष्ठ २९, शनिवार
मेक्सिकोको चिहूआहूआ शहरको एक पुर्नस्थापना केन्द्रमा हतियारधारी समुहले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। प्रहरीले लागु औषधका दुर्व्यसनीलाइ उपचार गरिदै आएको पुर्नस्थापना केन्द्रमा कम्तिमा २० जना हतियार बोकेका मानिसहरु प्रवेश गरी आक्रमण गरेको जनाएको छ। बाँकी अंश
बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले पुर्वसूचना विनानै अफगानिस्तानको भ्रमण - २०६७ ज्येष्ठ २९, शनिवार
बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले पुर्वसूचना विनानै अफगानिस्तानको भ्रमण गरेका छन् । भ्रमणका क्रममा क्यामरनले अफगान राष्टरपति हमिद कारजाईसंग भेट गर्नुका साथै अफगानिस्तान युद्ध राष्टिरय सुरक्षाका लागि अपरिहार्य रहेको जनाएका छन् । बाँकी अंश
किर्गिस्तानमा अपदस्त राष्ट्रपति बाकियभका समर्थक र अन्तरिम सरकारका समर्थकबीच हिंसा भड्किएपछि संकटकालको घोषणा - २०६७ ज्येष्ठ २८, शुक्रवार
किर्गिस्तानमा हिंसा भड्केपछि संकटकालको घोषणा गरिएको छ। अपदस्थ राष्ट्रपनि कुर्मानवेक बाकियेभ र वर्तमान अन्तरिम सरकारका समर्थकहरुहविच किर्गस्तानको दक्षिणी शहरहरुमा भिडन्त हुदै आएको छ। भिडन्तका कारण दर्जनौ मानिसको मृत्यु भैसकेको छ। बाँकी अंश
अफगानिस्तानको कान्दाहरमा विवाह समारोहमा विष्फोट, उनान्चालिस जनाको मृत्यु - २०६७ ज्येष्ठ २७, विहीवार
अफ्गानिस्तानको दक्षिणी प्रान्त कान्धाहारमा भएको विष्फोटमा कम्तिमा ३९ जना मारिएका छन भने ७० जना भन्दा बढी घाइते भएका छन्। बाँकी अंश
इरानमाथि आर्थिक नाकाबन्दी लगाउने प्रस्ताव माथि सुरक्षा परिषद्मा आज मतदान हुने - २०६७ ज्येष्ठ २६, बुधवार
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने विषयमा सहमति जुटाएको छ। सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्र, अमेरिका, वेलायत, फ्रान्स, चीन र रुसबीच इरानविरुद्ध चौथो चरणको प्रतिबन्ध लगाउने विषयमा सहमति बनेको हो। बाँकी अंश
तालिवानी विद्रोहीले गएराती अफगानिस्तानमा गरेको आक्रमणमा एक नेपाली सुरक्षा गार्ड सहित दश नेटो सैनिकको मृत्यु - २०६७ ज्येष्ठ २५, मंगलवार
उत्तर एट्लान्टिक सन्धी संगठन नेटो सेनामाथि तालिवानी विद्रोहीले गरेको आक्रमणमा गएराती अमेरिकी सुरक्षा गार्डको रुपमा कार्यरत एक नेपालीसहित दश जना नेटो सैनिकको मृत्यु भएको छ। बाँकी अंश
भारतको भूपाल ग्यासकाण्डका आठ जना दोषीलाई एक–एक लाख जरिवानासहित दुई वर्ष जेल सजायँ - २०६७ ज्येष्ठ २४, सोमवार
पच्चीस वर्षअघि भारतको भोपालमा भएको ग्याँस दुर्घटनामा दोषी ठहर्‍याइएका आठ कर्मचारीलाई दोषी ठहर गर्दै सजाय सुनाएको गरेको छ। बाँकी अंश
वर्तमान अर्थमन्त्री नाओटो कान जपानका नयाँ प्रधानमन्त्री बन्ने, कानका पक्षमा संसदमा मजबुद समर्थन - २०६७ ज्येष्ठ २१, शुक्रवार
नाओटो कान जपानका नयाँ प्रधानमन्त्री बन्ने संभावना देखिएको छ। बुधवार युकियो हातोयामाले अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सत्तारुढ डेमोक्रेटिक पार्टीले वर्तमान अर्थमन्त्री कानलाई प्रधानमन्त्री पदको लागि छनोट गरेको छ। यदि कानको चयनलाई संसदले अनुमोदन गरेमा विगत तीन बर्षभित्रमा उनी जपानको पाँचौ प्रधानमन्त्री बन्नेछन्। बाँकी अंश
मानवरहित विमानको क्षेप्यास्त्र आक्रमणमा अलकायदाका तेस्रो वरियताका नेता मुस्तफा याजीद मारिएको अमेरिकी अधिकारीको भनाइ - २०६७ ज्येष्ठ १८, मंगलवार
आतंकवादी संगठन अल कायदाका तेस्रो ठूलो नेता मूस्तफा अबू अल याजीद अमेरिकाको मानवरहित विमानको क्षेप्यास्त्र आक्रमणमा मारिएको बताइएको छ। अमेरिकी अधिकारीहरुले उहाँ पाकिस्तानको आदिवाशी क्षेत्रमा मारिनुभएको विस्वास गरेका छन्। बाँकी अंश
मध्य अमेरिकामा आएको आँधीका कारण त्रिहत्तर जनाको मृत्यु - २०६७ ज्येष्ठ १७, सोमवार
मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा त्रिहत्तर जनाको मृत्यु भएको छ। आँधीका कारण ग्वाटेमालामा मात्रै त्रिसट्ठी जनाको मृत्यु भएको छ। अधिकारीहरुले आँधीले भीषण वर्षा गराएको कारण अवस्था अझ नाजुक बनेको बताएका छन्। बाँकी अंश
भारतको पश्चिम बंगालमा माओवादीले रेलमा विष्फोट गराउँदा सयभन्दा बढी यात्रु मारिए,पाकिस्तानको लाहोरमा आतंकवादी आक्रमण हुँदा कम्तिमा असी जनाको मृत्यु - २०६७ ज्येष्ठ १५, शनिवार
पाकिस्तानको लाहौरस्थित अल्पसंख्यक अहमदी इस्लामिकहरुका दुइबटा मस्जिदमा बन्दुकधारीहरुले गरेको आक्रमणमा परी असी जना भन्दा बढीको  मृत्यु हुनका साथै दर्जनौं घाइते भएका छन्। बाँकी अंश
उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको सबै प्रकारको सम्बन्ध विच्छेद - २०६७ ज्येष्ठ १२, बुधवार
उत्तर कोरियाले दक्षिण कोरियासँगको सवै प्रकारको सम्बन्ध विच्छेद गरिएको घोषणा गरेको छ। दक्षिण कोरियाको एक युद्धपोतमा उत्तर कोरियाले पनडुब्बिबाट आक्रमण गरी डुबाएको आरोप दक्षिण कोरियाले लगाएपछि उत्तर कोरियाले यो कदम चालेको बताइउको छ। बाँकी अंश
लागू औषध तस्करका समर्थकहरुले आतंक मच्चाएपछि जमैकाको राजधानी किंग्सटनको केही भागमा सरकारद्वारा संकटकालको घोषणा - २०६७ ज्येष्ठ १०, सोमवार
जमैकाको सरकारले राजधानी किंग्सटनको केही भागमा संकटकालको घोषणा गरेको छ। एक लागु औषध तस्करलाइ अमेरिका सपुर्दगी गर्ने विषयमा राजधानीमा हिंसा भड्केपछि सरकारले हिंसा भड्को क्षेत्रमा संकटकाल घोषणा गरेको हो। बाँकी अंश
चीनमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु - २०६७ ज्येष्ठ ९, आइतवार
चीनमा एक यात्रुवाहक रेल दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ। चीनको रेल मन्त्रालयले जिआङ्जी प्रान्तको पहाडी क्षेत्रमा पहिरोका कारण रेलको लिक भत्केकाले दुर्घटना भएको जनाएको छ। बाँकी अंश
लैला आँधीका कारण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा उन्नाइस जनाको मृत्यु, हजारौं घरबारविहीन - २०६७ ज्येष्ठ ७, शुक्रवार
सामुद्रिक आँधी लैला भारतको आन्ध्र प्रदेशको तटीय जिल्ला गुन्टुरमा प्रवेश गरेपछि यसले गुन्टुर र प्रकासम जिल्लामा व्यापक विनाश मच्चाएको छ। आँधीका कारण उन्नाइस जनाको मृत्यु भएको छ भने हजारौं मानिस घरबारविहीन भएका छन्। यसैगरी आन्ध्र प्रदेशको तटीय जिल्लाहरुमा आँधीका कारण भीषण वर्षा भएको छ। राहत र उद्दार कार्यलाई तीव्र बनाइएको छ। बाँकी अंश
जम्मा समाचार समाचार : 117
साप्ताहिक मत सर्वेक्षण
बर्तमान परिस्थितमा नेपालमा शान्ति सुरक्षाको अनुभुति कस्तो रहेको ठान्नुहुन्छ ?

मजबूत
सामान्य
त्रासादिपुर्ण

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
अन्य लिङ्कहरु
गृहपृष्ठ | हाम्रो बारेमा | सम्पर्क | विज्ञापन | समाचार पठाउनुहोस्
© abcsamachar.com, 2008-2010. All rights reserved.
This Site Has Been Visited 5,473,669 times. Website Developed By: www.BestNepal.net