ABC Samachar नेपाली English मिति: २०६७ भाद्र २४, विहीवार
गृहपृष्ठ समाचार खेलकुद मनोरन्जन साहित्य अन्तर्वार्ता फोटोहरु भिडियोहरु सम्पर्क विज्ञापन समाचार पठाउनुहोस्
मकालु एयर दुर्घटनाबाट बच्यो   विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन   आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै   ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल   बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध  अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु   प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन  बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध  मोर्चा आज पनि तटस्थ  दाहाल पाँचौ पटक पराजित  
टप स्टोरी
अष्ट्रेलियाका प्रधानमन्त्री गिलार्डद्वारा आम निर्वाचनको घोषणा, आगामी २१ अगस्टमा निर्वाचन हुने
ए बि सि समाचार डट् कम् सम्वाददाता   (२०६७ श्रावण १, शनिवार) text size increase   text size decrease   Print    rss

अष्ट्रेलियाका प्रधानमन्त्री जूलिआ गिलार्डले आम निर्वाचनको घोषणा गर्नु भएको छ। उहाँले आगामी २१ अगस्टमा निर्वाचन हुनेगरी मिति पनि तोक्नु भएको छ। सत्तारुड लेवर पार्टीकी नेतृ समेत रहनू भएकी गिलार्डला ३ साता अघिमात्रै प्रधानमन्त्री बन्नु भएको थियो।

अष्ट्रेलियाको पहिलो महिला प्रधानमन्त्रीको रहनू भएकी गिलार्डले तत्कालिन प्रधानमन्त्री केभिन रुडको स्थानमा आफूलाई स्थापित गर्नुभएको थियो। सो निर्वाचनमा लेवर पार्टी र रुडीवादी विपक्षी लिवरल पार्टीबीच कडा प्रतिष्पर्धा हुने बताइएको छ। दुवै पार्टीले देशको अर्थतन्त्र, स्वास्थ्य, जलवायु परिवर्तन र आप्रवास जस्ता विषयलाई मुख्य मुद्धा बनाएका छन्।

प्रधानमन्त्री गिलार्डले आज क्यानबेरा शहरमा टेलिभिजनमा सम्बोधन गर्दै गिलार्डले निर्वाचनको घोषणा गर्नुभएको हो। उहाँले निर्वाचनले अष्ट्रेलियाली जनताको भविष्यको फैसला गर्ने भएका कारण यस पटकको निर्वाचन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। अष्ट्रेलियाली जनता देशको मजबूत अर्थतन्त्र देख्न चाहेका कारण पनि एक कुशल नेतृत्वको सरकारको पक्षमा आम नागरिकहरु रहेको  राजनीतिक विष्लेषकहरुले बताएका छन्। हाल अष्ट्रेलियाको संसदमा लेवर पार्टीको बाहुल्यता रहेको छ।

Rating: 0.0/5 (0 votes cast)

 प्रतिक्रिया दिनुहोस्       साथीलाई भन्नुहोस्
थप टप स्टोरी
मध्य यूरोपमा आएको बाढीका कारण कम्तिमा पन्ध्र जनाको मृत्यु - २०६७ श्रावण २४, सोमवार
लगातारको वर्षापछि उत्तरी पाकिस्तानको दुई वटा गाउँमा गएको पहिरोमा परी २८ जनाको मृत्यु भएको छ। पहिरोमा करिब २५ जना हराइरहेका अधिकारीले जनाएका छन्। बाढी र पहिरोका कारण लाखौं मानिस प्रभावित भएको समयमा फेरी परेको वर्षाले स्थिति झन् गम्भीर बनाएको छ। बाँकी अंश
थप बर्षाका कारण पाकिस्तानका बाढी पीडितको उद्दार र राहतमा कठीनाई, चीनमा बाढीका कारण छयानब्बे जनाको मृत्यु - २०६७ श्रावण २३, आइतवार
पाकिस्तानमा फेरि आएको भीषण वर्षा तथा बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा जारी उद्धार र राहत कार्य प्रभावित भएको छ। पाकिस्तानमा पछिल्लो  बाढी र पहिरोका कारण एक करोड चािलस लाख जनता प्रभावित भएको पाकिस्तानी अधिकारीले बताएका छन्।
बाँकी अंश
विस्फोट पछि मेस्कीकोको खाडि स्थीत तेलकुवामा जारी तेल चुहावट रोक्न बेलायती तेल कम्पनी बिपीद्धारा नयाँ रणनिति तय - २०६७ आषाढ २९, मंगलवार
करिब तिन महिना अघि देखि मेस्कीकोको खाडि स्थीत तेलकुवामा विस्फोट पछि जारी तेल चुहावट रोक्न बेलायती तेल कम्पनी बिपीले नयाँ रणनिति तय गरेको छ। बाँकी अंश
पुर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याबारे संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनप्रति पाकिस्तान सरकारको आपत्ति - २०६७ आषाढ २५, शुक्रवार
संयुक्त राष्ट्रसंघले पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याकाण्ड सम्बन्धमा तयार पारेको प्रतिवेदन माथि पाकिस्तान सरकारले आपत्ति जनाएको छ। भुट्टोको हत्यामा पाकिस्तानी सेना र तालिबान बीच साँठगाँठ भएको संकेत दिने बुदाँमा पाकिस्तानले आपत्ति जनाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्। बाँकी अंश
किर्गिस्तानमा नयाँ संविधानको विषयमा जनमत संग्रह हुँदै - २०६७ आषाढ १४, सोमवार
किर्गिस्तानमा आइतबार नयाँ संविधानको विषयमा जनमत संग्रह अन्तर्गत मतदान भइरहेको छ। निर्वाचनका क्रममा सांप्रदायिक हिंसा भड्किने डरले त्यहाँको सुरक्षा ब्यवस्था कडा तुल्याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बाँकी अंश
अफ्गानिस्तानमा कार्यरत नेटोका बरिष्ठ कमाण्डर म्याकक्रिस्टल पदमुक्त - २०६७ आषाढ १०, विहीवार
एउटा अमेरिकी पत्रिकामा गरिएको टिप्पणीलाइ लिएर अफ्गानिस्तानका लागि अमेरिकी एवं उत्तर एट्लाण्टिक सन्धि संगठन नेटो सेनाका बरिष्ठ कमाण्डर जनरल स्टान्ली म्याकक्रिस्टललाइ पदबाट हटाइएको छ। बाँकी अंश
अफगानिस्तानमा हिंसाका घटनामा बृद्धि , अघिल्लो बर्षको तुलनामा चौरानब्बे प्रतिशतले बृद्धि भएको राष्ट्रसंघद्वारा जानकारी - २०६७ आषाढ ६, आइतवार
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला चार महिनामा हिंसाका घटनामा बृद्धि भएको जनाएको छ। राष्ट्रसंघको सुरक्षा परिषद्को त्रैमासिक प्रतिवेदनले सन् २००९ को सोही समयको तुलनामा बम र रकेट आक्रमणका घटनामा नाटकीय रुपमा बृद्धि भएको जनाएको हो। बाँकी अंश
अफगानिस्तानका तालीबानलाई पाकिस्तानी गुप्तचर सँस्था आइएसआइको सहयोग रहेको बेलायती संस्थाको दावी - २०६७ ज्येष्ठ ३०, आइतवार
एक बेलायती सँस्थाले अफगानिस्तानका तालीबान विद्रोहीसँग पाकिस्तानको गुप्तचर सँस्था आइएसआइको सिधा सम्पर्क रहेको दाबी सहितको प्रतिवेदन सार्वजानिक गरेको छ। लण्डन स्कुल अफ इकोनोमिक्स नामक सँस्थाले आज सार्वजनिक गरेको सो प्रतिवेदनमा अफगानी तालीबानलाइ सहयोग गर्ने पाकिस्तानी गुप्तचर सँस्था आइएसआइको आधिकारीक रणनिति नै भएको दावी समेत गरिएको छ। बाँकी अंश
राष्ट्रसंघीय सुरक्षा परिषदले लगाएको नयाँ नाकाबन्दी इरानका राष्ट्रपति अहमदिनेजादद्वारा बहिष्कार - २०६७ ज्येष्ठ २७, विहीवार
इरानका राष्ट्रपति महमुद अहमिदनेजादले राष्ट्रसंघीय सुरक्षा परिषदले इरानमाथि लगाएको नयाँ चरणको नाकाबन्दीलाई बहिष्कार गर्ने घोषणा गर्नुभएको छ। उहाँले सुरक्षा परिषदको प्रस्ताव डष्टविनमा फ्याँकिएको रुमाल जस्तो भएको प्रतिक्रिया दिनु भएको छ। बाँकी अंश
ओकिनावा टापुबाट अमेरिकी सैनिक हटाउने विषय विवादित बनेपछि जापानका प्रधानमन्त्री हातोयामाले राजीनामा दिने - २०६७ ज्येष्ठ १९, बुधवार
जापानका प्रधानमन्त्री युकियो हातोयामाले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। केही अघि भएको जनमत संग्रहमा हातोयामाको लोकप्रियता निकै घटेको थियो। हातोयामालाई आफ्नै पार्टीभित्र पनि पद छाड्नको लागि दबाव बढेर गएको थियो। बाँकी अंश
इजरेली सेनाद्वारा दश हजार टन खाद्य सामाग्री बोकेको प्यालेष्टिनी पानी जहाजमाथि आक्रमण - २०६७ ज्येष्ठ १७, सोमवार
इजरेली नौ सेनाले प्यालेष्टिनीको लागि दश हजार टन खाद्य सामाग्री रहेको एक पानी जहाजमाथि आक्रमण गरेको छ। आक्रमणमा कम्तिमा सोह्र जनाको मृत्युभएको छ भने दर्जनौ घाइते भएका छन्।  गाजापट्टीबाट ६० किलोमिटर टाढा समुन्द्रमा इजरेली सेनाले सो आक्रमण गरेको हो। बाँकी अंश
अमेरिकी राष्ट्रपति बाराक ओबामा मेक्सिकोको खाडी तट क्षेत्र भ्रमणमा - २०६७ ज्येष्ठ १५, शनिवार
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पेट्रोलियम पदार्थको चुहावटका कारण मेक्सिकोको खाडीको तट क्षेत्रमा बसोबास गर्ने मानिसहरुले पाएको समस्याको क्षतिपूर्ति गर्न नसकिने बताउनुभएको छ। बाँकी अंश
सांघाइ चाइना एक्स्पो दुई हजार दस आगामी मे एक देखि सुरु हुने - २०६७ वैशाख ११, शनिवार
आगामी मे एक देखि चीनको सांघाईमा सांघाइ चाइना एक्स्पो दुइ हजार दश शुरु हुने भएको छ। शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न मुलुकहरुबीच आर्थिक, सामाजिक, सांस्कृतिक एवम् विज्ञान तथा प्रविधिजन्य सामाग्रीहरुको प्रदर्शन र अनुभव साटासाट गर्ने उद्देश्यले एक्स्पो संचालन हुन लागेको जानकारी दिइएको छ। बाँकी अंश
पाकिस्तानमा २० घन्टा लोडसेडिङ - २०६७ वैशाख ८, बुधवार
पाकिस्तानमा गम्भिर विद्युत संकट देखिएको छ। पाकिस्तानमा माग अनुसार विद्युत आपूर्ति हुननसक्दा दैनिक १५ देखि २० घन्टा लोडसेडिङ भइरहेको छ।   लोडसेडिङले पाकिस्तानको व्यापारमा गम्भिर प्रभाव परेको छ। लोडसेडिङको विरुद्धमा देशभर प्रदर्शन समेत भइरहेको छ। बाँकी अंश
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सेनाले गरेको हवाइ कारवाही एक सय जना विद्रोहीको मृत्यु - २०६६ चैत्र २९, आइतवार
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाइ कारवाहीमा एकसय जना भन्दा बढीको मृत्यु भएको छ। पाकिस्तानी सेनाले अफगानिस्तासँग सीमा जोडिएको ओराक्जाइ रवाइबर क्षेत्रमा तालिवान विद्रोही विरुद्ध हवाई आक्रमण गरिएको जनाएको छ। बाँकी अंश
भारतको छत्तिसगढको दन्तेबाडामा नक्सालबादी र सुरक्षाकर्मीबीच गोली हानाहान - २०६६ चैत्र २४, मंगलवार
भारतको छत्तीस गढ राज्य अन्तर्गतको दंतेबाडा जिल्लामा सुरक्षाकर्मी र माओबादी लडाकुबीच भएको भिडन्तमा कम्तिमा पनि बहत्तर जना सुरक्षाकर्मीको मृत्यु भएको छ। हाल पनि सो क्षेत्रमा दुई पक्षबीच भिडन्त जारी रहेको र केही सुरक्षाकर्मीहरु माओबादी घेरामा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारत सरकारले छत्तीसगढमा विद्रोही माओवादी विरुद्ध शुरु गरेको सैनिक कारबाहीका क्रममा दुइ पक्ष बीच भएको यो सवैभन्दा ठुलो भिडन्त हो। बाँकी अंश
पाकिस्तानको तल्लो डिर जिल्लामा आयोजित र्‍यालीमा आत्मघाती बम आक्रमण - २०६६ चैत्र २३, सोमवार
उत्तर पश्चिमी पाकिस्तानको तल्लो डिर जिल्लास्थित तिमाराघामा आयाोजित एक राजनीतिक र्‍यालीलाई लक्षित गरी गराइएको आत्मघाति विस्फोटनमा परी कम्तिमा उन्नाइस जनाको मृत्यु भएको छ। र्‍याली भैरहेको स्थानमा आत्मघाति आक्रमणकारीले बम विस्फोट गराएको त्यहाँको प्रहरीले जनाएको छ। बाँकी अंश
उत्तरी चीनको एक कोइराला खानीमा एक सय बीस भन्दा बढी मजदुर फसे, उद्धारकार्य जारी - २०६६ चैत्र १६, सोमवार
उत्तरी चीनको एक कोइला खानीमा भएको दुर्घटनामा १२० भन्दा बढी मजदूर फँसेको बताइएको छ। उद्धारकर्मीहरुले शाङ्गसी प्रान्तको वाङ्गजीअलिङ्ग कोइला खानीको भूमिगत सतहमा पानी भरिएपछि दुर्घटना भएको बताएका छन्। उनीहरुले कोइला खानीको भूमिगत सतहमा २६१ जना मजदूर कार्यरत रहेको तर  १३८ जनालाई मात्र सकुशल बाहिर निकाल्न सकिएको जनाएका छन्। बाँकी अंश
नौसैन्य जहाज डुब्यो ५६ जना वेपत्ता - २०६६ चैत्र १५, आइतवार
दक्षिण कोरियाली उद्धार टोलीले जीवितै फेला पार्ने आशाका साथ दक्षिण कोरियाली पानीजहाज दुर्घटनामा परी हराइरहेकाको खोजी कार्य जारी राखेका छन्। नौसेनाको उक्त जहाज समुद्रमा डुवेपछि त्यसमा सवार चालक दलका ४६ सदस्य वेपत्ता भएका थिए। बाँकी अंश
वि्रटिस एयरवेजका क्याविन कर्मचारीको हड्तालका कारण हजारौं यात्रु अलपत्र - २०६६ चैत्र १०, मंगलवार
वि्रटिस एयरवेजका क्याविन कर्मचारीको हड्तालका कारण हजारौं यात्रु समस्यामा परेका छन्। क्याविन कर्मचारीको पूर्व घोषित तीन दिने हड्तालका अन्तिम दिन हिजो हड्तालको प्रभाव देखिएको थियो। यद्यपी वि्रटिस एयरवेजको प्रबन्ध शाखाले गेटविक विमानस्थलमा करिव अन्ठान्नब्बे प्रतिशत र हिथ्रो विमानस्थलमा पचास प्रतिशत भन्दा बढी कर्मचारी काममा आएको दावी गरेको छ। बाँकी अंश
उत्तरी अफ्गानिस्तानमा बस दुर्घटना, कम्तिमा ३५ जनाको मृत्यु - २०६६ चैत्र ५, विहीवार
उत्तरी अफ्गानिस्तानमा भएको बस दुर्घटनामा कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। यात्रुहरुलाइ बोकेर आफ्नो गन्तब्यतर्फ गैरहेको बस एक ट्रकसँग ठोक्किँदा दुर्घटनाग्रस्त भएको बताइएको छ। ग्यास ट्यान्करसँग ठक्कर हुँदा बसमा आगो लागेको थियो।बाँकी अंश
सोमालियाको राजधानीमा सरकारी सेना र विद्रोही समूहबीच भएको भीडन्तमा कम्तिमा बीस जनाको मृत्यु - २०६६ फाल्गुन २९, शुक्रवार
सोमालियाको राजधानी मोगाडिसुमा सरकारी सेना र विद्रोही समूहबीच भएको भीडन्तमा बीस जना भन्दा बढीको मृत्यु भएको छ। भीडन्तमा मृत्यु हुनेहरु सबै गैर सैनिक नागरिक रहेको बताइएको छ। बाँकी अंश
टर्कीमा छ रेक्टर स्केलको भूकम्प, मृत्यु हुनेहरुको संख्या ३८ पुग्यो - २०६६ फाल्गुन २५, सोमवार
पुर्वी टर्कीमा आज गएको छ रेक्टर स्केलको शक्तीसाली भुकम्पका कारण मृत्यु हुनेको सख्याँ अड्तिस पुगेको छ। दश किलोमिटर गहिराइ रहेको भुकम्पको केन्द्रविन्दु बास्युर्त काराकोकन क्षेत्रमा भएको जानकारी त्यहाँ अधिकारीहरुले दिएका छन्। बाँकी अंश
चिलीमा गएको भूकम्पमा परी मृत्युहुनेको संख्या आठ सय पुग्यो - २०६६ फाल्गुन २०, बुधवार
चिलीमा गत शनिवार गएको शक्तिशाली भूकम्पपछि मच्चिएको  लूटपाट रोक्न चिलि सरकारले भूकम्पग्रस्त क्षेत्रहरुमा थप सैनिकहरु परिचालन गरेको छ। बाँकी अंश
अफगानिस्तानको राजधानी काबुलमा भएको दुई छुट्टाछुट्टै बम विष्फोटमा दश जनाको मृत्यु, एघार जना घाइते - २०६६ फाल्गुन १५, शुक्रवार
अफ्गानिस्तानको राजधानी कावुलमा आज विहानै दुई वटा विष्फोटन भए। प्रहरीका अनुसार पहिले विस्फोट मध्य काबुलको एउटा होटल नजिकै विहान छ पैतालिसमा भएको थियो। त्यसको दश पन्ध्र मिनेटमानै अर्को ठुलो विस्फोटन भएको थियो। बाँकी अंश
चीनको चर्को आलोचना र चेतावनीका बावजूद अमेरिकी राष्ट्रपति ओबामाद्वारा तिब्बती धार्मीक नेता दलाइ लामासँग भेट - २०६६ फाल्गुन ९, शनिवार
चीनको चर्को आलोचना र चेतावनीको बावजूद पनि निर्वासित तिब्बती धार्मीक नेता दलाइ लामा र अमेरिकी राष्ट्रपति बाराक ओबामा बीच वासिङटनमा भेटवार्ता भएको छ। बिहीवार अमेरिकी ह्वाइ हाउसमा ओबामा र लामा बीच भेटवार्ता भएको अर्न्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन्। बाँकी अंश
यमनका राष्ट्रपति सालेहद्वारा हौथी लडाकुहरुसँग युद्ध बिरामको घोषणा - २०६६ फाल्गुन २, शनिवार
यमनका राष्ट्रपति अली अब्दुल्लाह सालेहले मुलुकको उत्तरी क्षेत्रमा संघर्षरत हौथी लडाकूहरुसँग युद्धविराम भएको घोषणा गर्नुभएको छ। सरकार र विद्रोही समुहविच छ महिना लामो संघर्षलाइ अन्त्य गर्दै सहमतिमा आउने प्रयास स्वरुप सो युद्धविराम भएको बताइएको हो। बाँकी अंश
Toyota to recall 270,000 Priuses - २०६६ माघ २३, शुक्रवार
In the latest in an escalating string of safety problems, Toyota plans to recall 270,000 of its  popular Prius hybrid in the United States and Japan over a braking issue, the Nikkei News Service reported.

A spokesman at Toyota's U.S. sales division said he had no information to confirm the report from Japan.

बाँकी अंश
Foreigners killed in north west Pakistan explosion - २०६६ माघ २१, बुधवार

Three Westerners are among at least 10 people killed in an attack on a convoy heading to a girls' school in north-west Pakistan, officials have said.

At least 70 people, including 63 school girls, were injured as the convoy was hit as it passed another girls' school in Lower Dir, near the Afghan border.

बाँकी अंश
इराकको राजधानी बग्दादस्थित मस्जिदमा आत्मघाती बम आक्रमण, कम्तिमा सोर्‍ह जनाको मृत्यु - २०६६ माघ १९, सोमवार
इराकको राजधानी बग्दादस्थित शिया मुस्लिमको  मस्जिदमा गराएको आत्मघाति बम विस्फोटमा कम्तिमा सोह्र जना मारिएका छन। विस्फोटमा परी दर्जनौं तीर्थालु घाइते भएको जनाइएको छ।

बोउव एल–शाम जिल्लास्थित सो मस्जिदमा इस्लाम धर्मका प्रर्वतक पैगम्बर मुहम्मदका नाति मारिएको सम्झनामा आयोजित चालीस दिने शोक मनाउन भेला भएका सिया धर्मालम्बीहरुलाइ लक्षित गरी  आक्रमण गरिएको समाचारमा जनाइएको छ। बाँकी अंश
जम्मा टप स्टोरी समाचार : 31
साप्ताहिक मत सर्वेक्षण
बर्तमान परिस्थितमा नेपालमा शान्ति सुरक्षाको अनुभुति कस्तो रहेको ठान्नुहुन्छ ?

मजबूत
सामान्य
त्रासादिपुर्ण

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
अन्य लिङ्कहरु
गृहपृष्ठ | हाम्रो बारेमा | सम्पर्क | विज्ञापन | समाचार पठाउनुहोस्
© abcsamachar.com, 2008-2010. All rights reserved.
This Site Has Been Visited 5,492,872 times. Website Developed By: www.BestNepal.net