ABC Samachar नेपाली English मिति: २०६७ भाद्र २२, मंगलवार
गृहपृष्ठ समाचार खेलकुद मनोरन्जन साहित्य अन्तर्वार्ता फोटोहरु भिडियोहरु सम्पर्क विज्ञापन समाचार पठाउनुहोस्
मकालु एयर दुर्घटनाबाट बच्यो   विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन   आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै   ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल   बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध  अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु   प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन  बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध  मोर्चा आज पनि तटस्थ  दाहाल पाँचौ पटक पराजित  
समाचार
बुटवलको नयाँ गाउँस्थित मुक्तिनाथ धाम ज्योर्तिलिड्मा जलार्पण गर्न श्रद्धालु भक्तजनहरुको भीड
ए बि सि समाचार डट् कम् सम्वाददाता   (२०६७ श्रावण १, शनिवार) text size increase   text size decrease   Print    rss

बुटवलको नयाँ गाउँस्थित मुक्तिनाथ धाममा रहेको ज्योर्तिलिड्मा जलार्पण गर्न श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। मन्दिरमा आज नेपालमै ठूलो ज्योर्तिलिड्को प्राण प्रतिष्ठा समेत गरिएको छ। पञ्चकन्यावाट जलचढाएपछि सुरु भएको कार्यक्रममा स्थानिय १०५ बर्षिया बिष्णु अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, स्थानिय बिकाश अधिकारी तारा वहादुर कार्की, रुपन्देही ब्यापार संघका अध्यक्ष टंक पोख्रेल लगाएतले ज्योर्तिलिङको धार्मिक महत्वको बिषयमा चर्चा गरेका थिए। २७ फिट अग्लो यो पशुपति चतुर्भुज ज्योर्तिलिड् स्थापनापछि बुटवलको धार्मिक महत्व अझ बढ्ने स्थानियवासिन्दा बताउछन्।

Rating: 3.0/5 (2 votes cast)

 प्रतिक्रिया दिनुहोस्       साथीलाई भन्नुहोस्
थप समाचार
मकालु एयर दुर्घटनाबाट बच्यो - २०६७ भाद्र ८, मंगलवार
सुर्खेतबाट जुम्लाका लागि खाद्यान्न लिएर उडेको ९ एन ए जेजी नम्बरको मकालु एयरको विमान आज बिहान दुर्घटनाबाट जोगिएको छ।बाँकी अंश
विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन - २०६७ भाद्र ८, मंगलवार
आज विहान मकवानपुरको शिखरपुरमा भएको विमान दुर्घटनामा परी मृत्यु भएका चौध जनाकै शव अहिले काठमाडौं ल्याईएको छ। फिस्टेल एयरको हेलिकोप्टरबाट शव काठमाडौं ल्याइएको हो। बाँकी अंश
आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै - २०६७ भाद्र ८, मंगलवार
श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दु संस्कृति अनुसार जनैपूर्णिमा मनाइने चलन छ। यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा  नयाँ जनै लगाउने गर्दछन् भने शुभफल एवम् आत्मरक्षाको लागि मन्त्रले जपिएको रक्षासुत्र हातमा धारण गर्ने गर्छन्। बाँकी अंश
ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल - २०६७ भाद्र ८, मंगलवार
राजाको प्रत्यक्ष शासनकालका उपाध्यक्ष डा.तुलसी गिरीको अगुवाइमा पूर्व पञ्च एवं राजावादी सक्रिय हुने भएका छन्। राप्रपाका नेता पद्मसुन्दर लावतीको जावलाखेलस्थित निवासमा भेला भएर उनीहरुले मुलुकमा राजतन्त्र सक्रिय पार्ने योजना बनाएको स्रोतले बताएको छ। बाँकी अंश
बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध - २०६७ भाद्र ८, मंगलवार
काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको ना दुई ख त्रिपन्न एसट्ठी नम्बरको बस नवलपरासीको दुम्कीबासमा दुर्घटना हुँदा सोह्र जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। बाँकी अंश
प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन - २०६७ भाद्र ७, सोमवार
धरानका पत्रकार लीलानाथ घिमिरेमाथी कुटपिट गर्न निर्देशन दिने कोशी अञ्चलका प्रहरी प्रमुख मिङमार लामा माथी कारवाहिको माग गर्दै झापाका पत्रकारहरुले आज विरोध प्रदर्शन गरेका छन। बाँकी अंश
बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध - २०६७ भाद्र ७, सोमवार
सोमबार बिहानदेखि परेको अबिरल वर्षासँगै आएको बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाका कारण बाघझोरामा बाढी आई त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध भएको हो । बाँकी अंश
मोर्चा आज पनि तटस्थ - २०६७ भाद्र ७, सोमवार
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सोमबार हुने प्रधानमन्त्री निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । अपरान्ह बसेको मोर्चाको बैठकले कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको सदभावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । बाँकी अंश
प्रधानमन्त्री चुन्न आज पाँचौँ चरणको निर्वाचन - २०६७ भाद्र ७, सोमवार
प्रधानमन्त्री चयनका लागि संसदमा आज अपराह्न पाँचौं पटक चुनाव हुँदैछ तर यसअघि तटस्थ बसेका दलहरूको अडानमा कुनै परिवर्तन देखिएको छैन। आजको चुनावमा परिणाम नआएमा अर्को निर्वाचनको तिथि भदौ १८ देखि २१ गतेको बीचमा तोक्ने संभावना छ। बाँकी अंश
सोह्रौं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै - २०६७ श्रावण २४, सोमवार
१६औं विश्वआदिवासी दिवसका अवसरमा दोलखाका आदिबासीले पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए। नेपाल आदिवासी जनजाति महासंघ दोलखाको आयोजनामा सदुरमुकाम चरिकोटस्थित सातदोबाटोबाट निस्केको र्‍यालीले चरिकोट बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो।  बाँकी अंश
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने प्रयास - २०६७ श्रावण २४, सोमवार
नयाँ संविधान लेखनका क्रममा देखिएका विवादित विषयमा प्रमुख दलहरुबीच सहमति जुटाउने प्रयास स्वरुप आज पनि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा तीन दलका प्रमुख सचेतकहरुको अनौपचारिक बैठक बस्यो। बाँकी अंश
माओवादी बाहेक अन्य दललाई समर्थन गर्न एमाले तयार रहेको सूचना तथा संचारमन्त्री पोखरेलको स्पष्टोक्ती - २०६७ श्रावण २४, सोमवार
सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले एकीकृत माओवादी बाहेकका अन्य दललाई समर्थन गर्न एमाले तयार रहेको बताउनुभएको छ। राजधानीमा आज आयोजित साक्षात्कारमा सञ्चारमन्त्री पोखरेलले लडाकू र हतियार छाडेर अगाडि नबढेसम्म माओवादीलाई समर्थन जनाउन नसकिने बताउनुभयो। बाँकी अंश
एकीकृत माओवादी लोकतान्त्रिक व्यवस्थाविरुद्ध रहेको कांग्रेस सभापति कोइरालाको आरोप - २०६७ श्रावण २४, सोमवार
नेपाली काँग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले हतियार र सेना सहितको माओवादी लोकतान्त्रिक व्यवस्था विरुद्ध रहेको आरोप लगाउनुभएको छ। बाँकी अंश
चौथो पटकको निर्वाचनले समेत निकास दिन नसकेकोमा प्रधानमन्त्री नेपालद्वारा चिन्ता व्यक्त - २०६७ श्रावण २४, सोमवार
प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री चयनको नयाँ विकल्प खोज्न दलहरुलाई आग्रह गर्नुभएको छ। चौथो पटकको निर्वाचनमा समेत व्यवस्थापिका संसदले प्रधानमन्त्री चयन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री नेपालले पाँचौं चरणको निर्वाचन अगावै नयाँ विकल्प खोज्नु पर्ने बताउनु भएको हो। बाँकी अंश
युनिटी लिडर पाठक पक्राउ - २०६७ श्रावण २३, आइतवार
युनिटी लिडर कृष्ण पाठकलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले पक्राउ गरेको छ। युनिटीको गैरकानुनी नेटवर्किङ व्यवसायमा लागेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचिमा रहेका पाठकलाई शनिवार राती बाग्लुङको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो। बाँकी अंश
१ करोड ५० लाखको खैरो हेरोइनसहित माओवादीका जिल्ला नेता पक्राउ - २०६७ श्रावण २३, आइतवार
प्रहरीले रक्सौलबाट काठमाडौं ल्याउँदै गरेको करिब १ करोड ५० लाख मूल्य बराबरको खैरो हेरोइनसहित माओवादीका जिल्ला नेतालाई पक्राउ गरेको छ। करिब एक किलोग्राम उक्त हेरोइन मोटरसाइकलमा लिएर आउँदै गर्दा प्रहरीले बारा माओवादीका जिल्ला सदस्य राधेश्यामप्रसाद साहलाई पक्राउ गरेको हो। बाँकी अंश
कामचलाउ सरकारका मन्त्रीले नक्कली भ्रमणको कागजात पेश गरे - २०६७ श्रावण २३, आइतवार
कामचलाउ सरकारका एक मन्त्रीले भ्रमणको नक्कली कागजात पेश गरेको फेला परेको छ। भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीले प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको कागजात नक्कली भेटिएको हो। बाँकी अंश
राजनीतिक अस्थिरता र असुरक्षाप्रति उद्योग व्यवसायीद्वारा चिन्ता व्यक्त, दलका नेताहरुप्रति कडा आक्रोश - २०६७ श्रावण २३, आइतवार
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले सरकारको मुख नताकी स्थानीय स्तरका सम्भावनालाई स्थानीय तहबाटै अगाडि बढाउनु पर्ने बताउनु भएको छ। नेपालगंज उद्योग वाणिज्य संघको १८ औं साधारण सभाको शनिबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष वैद्यले सरकार र उद्योग वाणिज्य महासंघले काठमाडौ केन्द्रित प्रबृत्तिलाई तोड्नु पर्ने बताउनुभयो। बाँकी अंश
मुलुकलाई अनिर्णयको अवस्थामा राख्न नहुनेमा काँग्रेस र एमाले सहमत, पुनः अर्का बैठक बस्ने निर्णय - २०६७ श्रावण २३, आइतवार
नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निर्वाचनमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ। सिंहदबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा भएको छलफलमा मुलुकलाई अनिर्णयको अवस्थामा राख्न नहुनेमा दुवै दल सहमत भएका छन्।  बाँकी अंश
चितवनमा यति एयरलायन्सको एन ९५ एएचवाई बिमानको परीक्षण उडान - २०६७ श्रावण २३, आइतवार
यति एयरलायन्सले शुक्रवार चितवनमा ठूलो जहाजको परीक्षण उडान भरेको छ। काठमाण्डौवाट भरतपुर बिमानस्थलमा गरिएको एन ९५ एएचवाई को बिमान परीक्षण उडानमा पूर्ण सफलता पाएको यती एयरले जनाएको छ। बाँकी अंश
नेपाली काँग्रेसको महाधिवेशन मिति सर्‍यो, असोज १ देखि ५ गतेसम्म महाधिवेशन गर्ने काँग्रेस केन्द्रीय समितिको निर्णय - २०६७ श्रावण २३, आइतवार
नेपाली काँग्रेसको बार्‍हौं महाधिवेशनको निर्धारित मिति सरेको छ। राजधानीको सानेपास्थित पार्टी कार्यालयमा बसेको काँग्रेस केन्दीय समितिको बैठकले तयारी पुरा नभएको भन्दै तिन साता पछाडि महाधिवेशन सार्ने निर्णय गरेको हो। बाँकी अंश
काठमाडौंमा विद्युतीय बसका लागि डेढ अर्व सहयोग - २०६७ श्रावण ८, शनिवार
काठमाडौंको सार्वजनिक यातायातलाई व्यबस्थित बनाउन एसियाली बिकास बैंकले दुई करोड अमेरिकी डलर (एक अर्ब ४८ करोड रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ। बाँकी अंश
भुटानी शरणार्थी शिविरमा गोली चल्यो - २०६७ श्रावण ८, शनिवार
बेलडाँगी-१ स्थित भुटानी शरणार्थी शिविरमा गएराति अज्ञात व्यक्तिले हानेको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन्। शिविरको सेक्टर-१ जी-३मा बस्ने २१ वर्षीय सविर सुब्बा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँकी अंश
मधेसी मोर्चाको समर्थनमा सत्र गतेको निर्वाचनबाट पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुने - २०६७ श्रावण ८, शनिवार
मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका महासचिव जीतेन्द्र देवले साउन सत्र गते मुलुकले नयँा प्रधानमन्त्री पाउने विश्वास व्यक्त गर्नुभएको छ। बाँकी अंश
बहुमतीय सरकार गठन भए मुलुक दुर्घटनामा फस्ने एमाले अध्यक्ष खनालको भनाइ - २०६७ श्रावण ८, शनिवार
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले फेरीपनि बहुमतिय सरकार गठन भए मुलुक भड्खालोमा जाने दाबी गर्नुभएको छ। उहाँले १७ गते हुने प्रधानमन्त्रीको चुनावलाई पनि खोक्रो ब्यायामको संज्ञा दिनुभएको छ। बाँकी अंश
सञ्चार उद्यमी हेमराज धितालको हत्याको सर्वत्र विरोध, हत्यारालाई कारबाही गर्न सरकार प्रतिबद्ध - २०६७ श्रावण ८, शनिवार
सरकार तथा विभिन्न राजनीतिक दलले पटक पटक प्रतिबद्धता जनाए पनि सञ्चार क्षेत्र सुरक्षित बन्न सकेको छैन। बाँकी अंश
नयाँ सरकार गठन हुन नसक्दा संविधान निर्माण कार्य प्रभावित - २०६७ श्रावण ८, शनिवार
सभामुख सुवास नेम्वाङले पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री माधवकुमार नेपालसंग छलफल गर्नुभएको छ। प्रधानमन्त्रीलाई भेट्न आज विहान उहाँकै निवास वालुवाटार पुग्नुभएका सभामुख नेम्वाङले नया सरकार गठन र संविधान निमार्णका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। बाँकी अंश
डोल्पामा पहिरोले बगाएर एकै परिवारका १० जना बेपत्ता - २०६७ श्रावण ४, मंगलवार
डोल्पामा पहिरोले बगाएर एकै परिवारका १० जना बेपत्ता भएका छन।  पहिरोले डोल्पाको लाहा गाविस बडा नं. ५ मा पर्ने करमघाट गाउ पुरै बगाएको छ। पहिरो जाँदा लालवहादुर रोकायाको १० जनाको परिवार बेपत्ता भएको हो। बाँकी अंश
नयाँ सरकार गठनमा साझा दृष्टिकोण बनाउनका बसेको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न - २०६७ श्रावण ४, मंगलवार
नयाँ सरकार गठनको सिलसिलामा साझा दृष्टिकोण बनाउनका संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ। सिंहदरवारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालयमा आज विहान बसेको बैठकले अन्य दलका प्रधानमन्त्रीलाई सहयोग गर्ने या मधेसी दलहरुवाट नै प्रधानमन्त्रीको उम्मेदवारी दिने विषयमा भने टुंगो लगाउन सकेन। बाँकी अंश
संविधानसभामा प्रतिनिधित्व गर्ने साना पन्ध्र दलले नयाँ सरकार गठनबारे आफ्नो धारणा आज सार्वजनिक गर्दै - २०६७ श्रावण ४, मंगलवार
संविधानसभामा प्रतिनिधित्व गर्ने साना पन्ध्र दलले नयाँ सरकार गठनबारे आफ्नो धारणा आज सार्वजनिक गर्दैछ। सिंहदरबारस्थित नेकपा मालेको संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले राष्ट्रिय सहमतिमा जोड दिँदै नयाँ सरकारका लागि आज दिउँसो बैठक बसी निर्णय गर्ने भएका छन्। बाँकी अंश
जम्मा समाचार समाचार : 1273
साप्ताहिक मत सर्वेक्षण
बर्तमान परिस्थितमा नेपालमा शान्ति सुरक्षाको अनुभुति कस्तो रहेको ठान्नुहुन्छ ?

मजबूत
सामान्य
त्रासादिपुर्ण

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
अन्य लिङ्कहरु
गृहपृष्ठ | हाम्रो बारेमा | सम्पर्क | विज्ञापन | समाचार पठाउनुहोस्
© abcsamachar.com, 2008-2010. All rights reserved.
This Site Has Been Visited 5,473,733 times. Website Developed By: www.BestNepal.net