|
| अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु - २०६७ भाद्र ८, मंगलवार |
अग्नि एयरको नाइन एन ए. एच. इ. डी–२२८ डोनियर एयर
क्राफ्ट विमान सोलुको लुक्ला विमानस्थलबाट काठमाडौं फर्कने क्रममा
मकवानपुरको शिखरपुर गाउँ विकास समिति–२ स्थित बस्तीपुरमा दुर्घटना भएको छ।
काठमाडौंबाट सोलुको लुक्लाका लागि उडान भरेको सो विमान खराब मौसमका कारण
लुक्ला विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्कने क्रममा बिहान
दुर्घटनामा परेको हो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट
बिहान सात बजेर चार मिनेटमा लुक्लाका लागि उडेको सो बिमान खराव मौसमका
कारण लुक्लामा अबतरण गर्न नसकी पुनः काठमाडौं फर्कने क्रममा दुर्घटना भएको
हो। बाँकी अंश |
|
|
| दाहाल पाँचौ पटक पराजित - २०६७ भाद्र ७, सोमवार |
| प्रधानमन्त्री चयनका लागि आज पाँचौ पटक निर्वाचन हुँदैछ । यसअघि
चारपटक भएको मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय
दलका नेता रामचन्द्र पौडेल बहुमत जुटाउन असफल भएछि सोमबार पुनः निर्वाचन
हुँदैछ ।
कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको
प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार सोमबार पाँचौ
पटक पनि दाहाल र पौडेलबीच प्रतिस्पर्धा गरिरहेका छन् । सोमबारको
निर्वाचनमा पनि एमाले, मधेसवादी चार दल, नेकपा माले, नेकपा संयुक्त
लगायतका दलहरु तटस्थ बस्ने निश्चित भएपछि परिणाम आउने सम्भावना कम छ ।
बाँकी अंश |
|
|
| माओवादी र काँग्रेसबीचको छलफल निष्कर्षविहीन - २०६७ श्रावण २४, सोमवार |
| चौथो पटकको प्रधानमन्त्रीको निर्वाचनमा समेत हार खाएका
एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसबीच पाँचौ चरणको निर्वाचनका लागि
सहमति जुटाउन बसेको बैठक विना निष्कर्ष टुंगिएको छ। माओवादी संसदीय दलको
कार्यालय सिंहदरबारमा आज बिहान भएको छलफलमा दुवै दल आ–आफ्नो अडानमा कायम
रहेपछि बैठक टुंगोमा पुग्न नसकेको हो। बाँकी अंश |
|
|
| कङ्ग्रेस-एमाले शीर्ष नेताको वैठक सकियो, प्रधानमन्त्री चयनबारे छलफल - २०६७ श्रावण २३, आइतवार |
| प्रधानमन्त्री चयनको विषयलाई लिएर नेपाली कङ्ग्रेस र नेकपा एमालेका शीर्ष
नेताहरुको छलफल सकिएको छ। छलफलमा कङग्रेस नेताहरुले सहमतिको सरकार बन्ने
सम्भावना नभएकाले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै आफ्नो
नेतृत्वमा सरकार बनाउन सघाउन आग्रह गरेको छ।
बाँकी अंश |
|
|
| भावी प्रधानमन्त्री आफ्नो पक्षमा पार्न दलहरु गृहकार्यमा, एमाले केन्द्रीय समिति र माओवादी पोलिटब्यूरो बस्दै - २०६७ श्रावण ४, मंगलवार |
| सरकारको नेतृत्वको विषयमा पार्टीमा विवाद देखिएपछि
अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको
छ। आन्तरिक बिवाद मिलाउनका लागि सो भेटवार्ता गरिएको बताइएको छ। उपाध्यक्ष
भट्टराईको शान्तिनगरस्थित निवासमा भएको भेटवार्तामा पार्टीले नै उम्मेदवार
उठाउने वा अन्य दलको उम्मेदवारलाई समर्थन जनाउने बिषयमा छलफल भैरहेको
बताइएको छ। यसैबीच, अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराईबीच भेटवार्ता
हुनुअघि माओवादीका दुवै नेतासँग काँग्रेस नेता अमरेसकुमार सिंहले अलग अलग
भेट्नु भएको छ।बाँकी अंश |
|
|
| आज साउने संक्रान्ति, पर्वकै रुपमा मुलुकभर मनाइँदै, राष्ट्रपति डा. यादवद्वारा महादेवस्थानमा पूजाअर्चना - २०६७ श्रावण १, शनिवार |
| आज साउन १ गते, साउने सङ्क्रान्ति अर्थात कर्कट सङ्क्रान्ति। कर्कट
सङ्क्रान्तिको अवसरमा आज स्नान, दान, तपस्या, होम श्राद्ध लगायतका धार्मिक
कार्य गरेर यो पर्व मनाइदैछ। ज्योतिषशास्त्र अनुसार सूर्य दक्षिणायनतिर गई
कर्कट रेखामाथि पुग्ने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिएको
हो। हिन्दुधर्म अनुसार सूर्य दक्षिणायन हुँदा देवताको रात र पितृको दिन
हुने भएकाले हिन्दुधर्मालम्बीले साउन महिनादेखि पितृ कार्यको थालनी गर्ने
प्रचलन रहेको छ। हिन्दु परम्परा अनुसार, आजैबाट यस वर्षका चाडपर्व सुरु
हुने गर्छ। बाँकी अंश |
|
|
| आज एक सय सन्तानब्बेऔं भानु जयन्ती, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै - २०६७ आषाढ २९, मंगलवार |
| आज असार उनन्तीस गते, एक सय सन्तानब्बेऔं भानु
जयन्ती। नेपाली साहित्यका आदिकवी भानुभक्त आचार्यको जन्म दिनका रुपमा
देशभर बिभिन्न कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाइँदै छ। विक्रम सम्वत्
अठार सय एकहत्तर, असार उनन्तीस गते तनहुँको रम्घामा आचार्यको जन्म भएको
थियो। बाँकी अंश |
|
|
| नेकपा एमालेद्धारा कार्की हत्या भण्डाफोरको लागि साउन चार गतेसम्मको विरोध कार्यक्रम सार्वजनिक - २०६७ आषाढ २७, आइतवार |
| आफ्नै नेतृत्वमा सहमतिको राष्ट्रिय सरकार गठन हुनुपर्ने एकीकृत माओवादीको
अडान कायमै रहेका बेला नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले उसको नेतृत्व
स्वीकार्न नसकिने बताउनुभएको छ। ओखलढुंगाका एमाले नेता छविलाल कार्कीको
हत्याको विरोधमा पार्टीले सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गर्न आज
आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खनालले माओवादी नागरिक पार्टीमा
रुपान्तरण भइ अन्य दलको सर्त स्वीकार गरे मात्र उसको नेतृत्वमा सरकार बन्न
सक्ने बताउनु भयो। बाँकी अंश |
|
|
| एकीकृत नेकपा माओवादीले आज वाइसिएल अर्धसैन्य संरचना भंग भएको घोषणा गर्ने - २०६७ आषाढ २६, शनिवार |
| एकीकृत नेकपा माओवादीले आज बस्ने भनिएको तीन दलको बैठकमा राष्ट्रिय
सहमतिका लागि कार्य योजना प्रस्तुत गर्ने भएको छ। काँग्रेस–एमाले लगायत
दलबाट शान्तिप्रक्रियाप्रति माओवादीको आधिकारिक धारणा माग भइरहेका बेला
दलहरुलाई विश्वासमा लिन माओवादीले शान्तिप्रक्रियासंग प्रत्यक्ष जोडिएका
विषयमा पार्टीको कार्य योजना प्रस्तुत गर्न लागेको हो। पार्टी मुख्यालय
पेरिसडाँडामा आज विहान बसेको पदाधिकारी बैठकले माओवादी लडाकुको
व्यवस्थापन, कब्जा गरिएका घरजग्गा फिर्ता, वाइसिएल विघटन लगायतका विषयमा
तयार पारिएको कार्य योजनालाई अन्तिम रुप दिएको थियो। बाँकी अंश |
|
|
| राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुको आग्रह बमोजिम राष्ट्रपति डा. यादवद्वारा पाँच दिन म्याद थप - २०६७ आषाढ २४, विहीवार |
| संविधानसभामा प्रतिनिधित्व गर्ने पच्चीस राजनीतिक दलले राष्ट्रिय सहमतिको
सरकार निर्माणका लागि राष्ट्रपतिसँग थप पाँच दिनको समय माग गरेका छन्।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी
श्रेष्ठलगायतका नेताहरु समय थप्न माग गर्दै बुधबार साँझ राष्ट्रपति
कार्यालय पुगेका थिए। दलहरुबाट लिखित पत्र पाएपछि राष्ट्रपति यादव समय
थपका लागि सकारात्मक हुनुभएको बताइएको छ। बाँकी अंश |
|
|
| नेपाली कांग्रेसका वयोवृद्ध नेता बलबहादुर राईको नब्बे वर्षको उमेरमा निधन - २०६७ आषाढ २०, आइतवार |
| नेपाली काँग्रेसका बयोबृद्ध नेता बलबहादुर राईको आज निधन भएको छ। मृगौला
खराबीबाट पीडित राईको उपचारका क्रममा आज दिउसो चार बजेर दश मिनेटको समयमा
महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पतालमा निधन भएको हो। उहाँलाई पाँच दिन
अघि उपचारका लागि अस्प्तालमा भर्ना गरिएको थियो। राईको नब्बे बर्षको
उमेरमा निधन भएको हो। बाँकी अंश |
|
|
| भारतीय माओवादीको सशस्त्र आन्दोलन प्रति आफ्नो पार्टीको सर्मथन रहेको एकिकृत माओवादीका अध्यक्ष दाहालको भनाई - २०६७ आषाढ १९, शनिवार |
| एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतीय माओवादीको जारी
सशस्त्र युद्धप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको वताउनु भएको छ। बाँकी अंश |
|
|
| एसएलसीमा ६४ प्रतिशत पास - २०६७ आषाढ १८, शुक्रवार |
| परीक्षा नियन्त्रण कार्यालयले २०६६ सालको एसएलसी परीक्षाको नतिजा
शुक्रबार प्रकाशित गरेको छ । नतिजा अनुसार परीक्षाको नियमिततर्फ यसपाली ६४
दशमलव ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षभन्दा झण्डै
चार प्रतिशतले कमी हो ।
पनिकाका अनुसार विशिष्ट श्रेणीमा १६ हजार ८
सय ५९, प्रथम श्रेणीमा ९३३३९, द्वतिय श्रेणीमा १ लाख २८ हजार ७५ तथा
तेस्रो श्रेणीमा ९ हजार ४ सय १६ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस बर्ष
नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ परीक्षार्थीले परीक्षा दिएका थिए । बाँकी अंश |
|
|
| सरकारलाई खर्च र राजस्व संकलनको बाटो खुल्यो, पेश्की बजेट ल्याउने विषयमा प्रमुख तीन दलबीच सहमति - २०६७ आषाढ १८, शुक्रवार |
| प्रमुख तीन राजनीतिक दलले पेश्की बजेट ल्याउने सहमति
गरेका छन्। व्यवस्थापिका संसदको बजेट अधिवेशन अनिश्चित भइरहेको बेला आज
विहान संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसँगको छलफलमा एकीकृत नेकपा
माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले पेश्की बजेट ल्याउने सहमति
गरेका हुन्। बाँकी अंश |
|
|
| प्रधानमन्त्री माधवकुमार नेपालद्वारा पदबाट राजीनामा, शान्ति र संविधान निर्माणका लागि राजीनामा दिएको स्पष्टोक्ति - २०६७ आषाढ १७, विहीवार |
| प्रधानमन्त्री माधवकुमार नेपालले आज पदबाट राजीनामा दिनुभएको छ। देशवासीका
नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले देशलाई विषम परिस्थितिबाट पार
लगाउन आफुले राजीनामा दिएको बताउनुभयो। उहाँले आफ्नो पक्षमा बहुमत हुँदा
हुँदै पनि शान्ति र संविधान लेखन प्रक्रियाले गति पाओस भनि राजीनामा दिएको
बताउनुभयो। बाँकी अंश |
|
|
| भारतको नागाल्याण्ड राज्यका गृहमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ - २०६७ आषाढ १६, बुधवार |
| भारतको नागाल्या48ड राज्यका गृहमन्त्री इम्कोन एल इम्चेन करिव पाँचसय र एक
हजार दरका भारतीय नोट सहित त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पक्राउ
परेका छन्। काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने क्रममा रहेका इम्चेनलाई आज
प्रहरीले बिमानस्थलबाट नियन्त्रणमा लिएको हो। उनी केही दिन अघि नेपाल आएका
थिए। बाँकी अंश |
|
|
| प्रधानमन्त्री माधवकुमार नेपालले आज राजीनामा दिनुहुने - २०६७ आषाढ १६, बुधवार |
| प्रधानमन्त्री माधवकुमार नेपालले आज राजिनामा दिने भएका छन्। उच्च स्रोतका
अनुसार साँझ टेलिभिजनमार्फत् राष्ट्रका नाउँमा सम्बोधन गर्दै उनले राजिनामा
दिने पक्का भएको छ। सम्बोधन लगत्तै प्रधानमन्त्री राजीनामापत्र बुझाउन
राष्ट्रपति निवास शीतल निवास जानेछन्।
बाँकी अंश |
|
|
| हिन्दु राष्ट्रिय संघका अध्यक्ष काशी तिवारीको हत्याको विरोधमा युवा संघद्वारा आज पनि बीरगन्ज बन्द - २०६७ आषाढ १४, सोमवार |
| हिन्दू युवा संघका केन्द्रीय अध्यक्ष काशी तिवारीको
हत्याको विरोधमा हिन्दू युवासंघले आज पनि वीरगन्ज बन्द गराएको छ।
हत्यारालाई कारवाही नभएसम्म र मृतकलाई शहिद घोषणा नभएसम्म तिवारीको शव
नउठाउने संघका कार्यकर्ताले बताएका छन्। गएराति बसेको जिल्ला सुरक्षा समितिको बैठकले
यस्तो निर्णय गरेको हो।
बाँकी अंश |
|
|
| रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न, राष्ट्रपति डा. यादव र जिवितदेवी कुमारीद्वारा भोटो देखाउने जात्राको अवलोकन - २०६७ आषाढ १३, आइतवार |
| नेपालको संस्कृतिमा सबैभन्दा लामो जात्राको रुपमा परिचित
रातो मच्छिन्द्रनाथको जात्रा आज सम्पन्न भएको छ। एक महिना अघिदेखि सुरु
भएको जात्राको अन्तिम दिन आज मच्छिन्द्रनाथको भोटो देखाएपछि जात्रा
सम्पन्न भएको हो। भोटो जात्राको अवलोकन गर्न राष्ट्रप्रमुखको हैसियतले
राष्ट्रपति डाक्टर रामवरण यादव ललितपुरको जावलाखेल पुग्नुभएको थियो। बाँकी अंश |
|
|
| कारागार भत्कने डरले प्युठानका कैदी रातभरी जागाराम बस्न थाले - २०६७ आषाढ १२, शनिवार |
| जिर्ण अवस्थामा रहेको प्युठान कारागार भत्कने अवस्थामा पुगेपछि त्यहा
रहेका कैदी बन्दीहरु रातभरी जागाराम बस्न थालेका छन्। कच्ची कारागार भवन
भत्कीएर मरिने डरले कैदी बन्दीहरु रातभर जागाराम बस्न थालेका हुन्।
बर्षासंगै कच्ची भवनको गारो भिजेर भत्कने अवस्थामा पुग्दा पनि प्रशासनले
वास्ता नगरेको कैदी बन्दीको गुनासो छ। बाँकी अंश |
|
|
| भारतमा रोकिएको कान्तिपुरको न्यूज प्रिन्ट तत्काल छुटाउन सरकारलाई लेखा समितिको निर्देशन - २०६७ आषाढ ११, शुक्रवार |
| व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कान्तिपुर पब्लिकेशनको
न्यूजप्रिन्ट भारतवाट छिटो छुटाउन सरकारलाई निर्देशन दिएको छ। समितिले
भारतको कोलकतामा कान्तिपुरको न्यूजप्रिन्ट पेपर रोकिनुको कारण र त्यसमा
सरकारको पहलका वारेमा कार्यवहाक परराष्ट्रमन्त्री प्रकाशशरण महत र आपूर्ति
मन्त्री राजेन्द्र महतोसँग जानकारी लिएपछि समितिले यस्तो निर्देशन दिएको
हो। बाँकी अंश |
|
|
| चार महिनापछि प्रमुख दलहरुबीच संविधानसभाबारे छलफल, संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन सहमत - २०६७ आषाढ ९, बुधवार |
| चार महिनापछि प्रमुख दलहरुबीच संविधानसभाबारे छलफल भएको छ। संविधानसभाका
अध्यक्ष सुवास नेम्वाङको पहलमा आज संविधानसभा भवनमा बसेको बैठकमा एकीकृत
नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु
कार्यतालिका बनाएर संविधान लेखन प्रक्रियालाई गति दिन सहमत भएका छन्। चौध
जेठमा संविधानसभाको एक वर्ष म्याद थप भएपनि दलहरुकै असहमतिका कारण
संविधानसभाको बैठक समेत बस्न नसकेपछि सभाध्यक्ष नेम्वाङले प्रमुख दलका
शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो। बाँकी अंश |
|
|
| आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न काँग्रेसद्वारा पहल सुरु, माओवादीसँगको वार्ता निष्कर्ष विहिन - २०६७ आषाढ ८, मंगलवार |
| नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका
बिषयमा अन्य राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ। आफ्नै नेतृत्वमा नयाँ
सरकार गठन गर्ने केन्द्रीय समितिबाट औपचारिक निर्णय भएको भोलिपल्टै
काँग्रेसले आज प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी र केही साना
दलसँग छलफल गरेको हो। बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा
भएको माओवादी नेताहरुसँगको छलफलमा काँग्रेसले आफ्नो नेतृत्वको सरकारलाई
समर्थन गर्दै सहभागी हुन आग्रह गरेको छ। बाँकी अंश |
|
|
| प्रधानमन्त्रीका लागि पार्टीभित्र कुनै विवाद नरहेको काँग्रेस कार्यवाहक सभापति शुसील कोइरालाको भनाइ - २०६७ आषाढ ६, आइतवार |
| सत्तारुढ दुई प्रमुख दल नेकपा एमाले र नेपाली
काँग्रेसले जेठ चौधमा भएको तीन बँुदे सहमति कार्यान्वयनका लागि प्रमुख
प्रतिपक्षी दल एकीकृत नकेपा माओवादीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री माधबकुमार नेपालको आह्वानमा प्रधानमन्त्री निवास
बालुवाटारमा आज बिहान भएको दुई दलका शीर्ष नेताहरुको बैठकले सहमति
कार्यान्वयनका बिषयमा माओवादीसँग छलफल गर्ने निर्णय गरेको हो। बाँकी अंश |
|
|
| नौ दिने भारत भ्रमण सकेर उपप्रधानमन्त्री गच्छदार स्वदेश फिर्ता, भावी सरकारको नेतृत्व मधेशवादी दलले गर्ने दाबी - २०६७ आषाढ ३, विहीवार |
| उपप्रधानमन्त्री विजयकुमार गच्छदारले केही दिनभित्र राजनीतिक गतिरोध
समाप्त नभए मधेशवादी दलले हस्तक्षेप गरी निर्णायक भूमिका खेल्ने दाबी
गर्नुभएको छ। भारतमा आँखाको उपचार गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मधेशी दल
पनि राष्ट्रिय राजनीतिलाई हाँक्न सक्षम भएको बताउनुभयो। बाँकी अंश |
|
|
| पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा बारामा वैष्णवी देवी मन्दिरको उद्घाटन तथा पूजा अर्चना, वीरगन्जमा भव्य स्वागत, सुरक्षा व्यवस्था कडा - २०६७ आषाढ २, बुधवार |
| पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको परवानीपुरस्थित माता बैष्णोदेवी
मन्दिरको उद्घाटन गर्नु भएको छ। मन्दिरको उद्घाटन गर्न बिहान बाराको सिमरा
बिमानस्थल हुँदै परवानीपुर पुग्नु भएका पूर्व राजा शाहले उक्त मन्दिरको
उद्घाटनपछि प्रथम पूजा पनि गर्नु भयो। सो मन्दिर एक करोड दश लाखको लागतमा
निर्माण गरिएको हो। बाँकी अंश |
|
|
| सरकारको कार्यकालको एक वर्ष पुरा, प्रमुख प्रतिपक्षी दल माओवादीको असहयोगका बाबजुद उल्लेख्य उपलब्धि हासिल भएको सरकारको दावी - २०६७ आषाढ २, बुधवार |
| प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको असहयोगका बाबजुद पनि सरकारले
आफ्नो एक वर्षे कार्यकाल सफल भएको दाबी गरेको छ। प्रधानमन्त्री माधवकुमार
नेपाल नेतृत्व सरकारको एक वर्षे कार्य कालको कामबारे जानकारी दिन आज
आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शंकर पोखरेलले संविधानको
सबैभन्दा ठूलो दल माओवादीको चौतर्फी असहयोग र विरोधको बाबजुद सरकारले
उल्लेख्य उपलब्धि हासिल गरेको जानकारी दिनुभयो। बाँकी अंश |
|
|
| मेक्सिकोमा लागू औषध तस्करसँग भएको भीडन्तमा दश प्रहरीसहित सत्ताइस जनाको मृत्यु - २०६७ आषाढ १, मंगलवार |
| मेक्सिकोमा लागू औषध तस्करसँग आबद्ध हिंसामा कम्तिमा
सत्ताइस जनाको मृत्यु भएको छ। एक घटनामा पश्चिमी मिचोआकान प्रान्तान
संकास्पद लागू औषध तस्करहरुले विद्युतीय धरापमा पारी दश जना प्रहरी
अधिकारीहरुको हत्या गरेका छन्। बाँकी अंश |
|
|
| भारतको उत्तर प्रदेश राज्यको गंगा नदीमा डुगां दुर्घटना, पचास यात्रु डुबेको आशंका - २०६७ ज्येष्ठ ३१, सोमवार |
| भारतको उत्तर प्रदेश राज्यको गंगा नदीमा एक डुगां दुर्घटना हुदाँ त्यसमा
सवार अस्सी जना मध्ये पचास यात्रुको डुबेर मृत्यु भएको आशंका भारतीय
सञ्चार माध्यमहरुले गरेका छन्। बाँकी अंश |
|
|
| प्रतिरक्षाका लागि तरुणदस्ता आवश्यक - २०६७ ज्येष्ठ ३०, आइतवार |
| नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले तरुण
दस्ता घोषणा गर्ने पार्टीको कुनै रणनीति नभएको बताउनुभएको छ। नेपाल ट्रेड
युनियन काग्रेसले आज राजधानीमा आयोजना गरेको अर्न्तक्रियापछि
सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले काँग्रेसले सवै कुराको प्रतिरोध
विचारवाटै गर्ने बताउनुभयो। बाँकी अंश |
|
|
जम्मा टप स्टोरी समाचार : 164 |